logo

नयाँ सालमा कलाकारिता कता मोडिएला ?

काठमाडौं
नयाँ सालको कलाकारिताको यात्राको सम्भाव्यताबारे आँकलन गर्नुभन्दा गत वर्षको नेपालीकलाकारितको बारेमा लेखा जोखा तथा मूल्यांकन नगरेमा त्यो रङ्गमञ्च पत्रकारिता अधुरो नै रहन्छ । विगतका वर्ष जस्तै यस पटक पनि नयाँ वर्षको आगमन भएको छ ।
हरेक वर्षको अन्त्यमा त्यसभन्दा अगाडिका वर्षमा हुने गरेका कार्यहरुको लेखा जोखा तथा मूल्यांकन हुने गर्दछ । यस्तै गरेर यस वर्ष २०७४ लाई हामीले बिदाई गर्दै २०७५ लाई हामीले स्वागत गरिरहेका छौँ । यसैले हरेक क्षेत्रको गत वर्षको हिसाबकिताब त्यस वर्षको अन्त्यमा हुने हुँदा हामीले बिदाई गरेको वर्षमा नेपाली गीतसङ्गीत तथा चलचित्र क्षेत्रमा के कस्ता व्यावसायिक उतारचढाव आए त्यस विषयमा संक्षेपमा लेखा जोखा गर्नुपर्ने नै हुन्छ ।
गत वर्ष २०७४लाई फर्किएर हेर्दा नेपाली चलचित्र व्यवसायमा जति सफलता हुनपर्ने त्यो देखिएन । एक दुईवटा त्यसमा पनि हास्य कथावस्तु समावेश भएका चलचित्रले राम्रो नै व्यावसायिक सफलता पाउन सफल भए भने अरु चलचित्रले बजारमा हल्ला पिटाए जस्तो सफलता हासिल गर्न भने नसकेको तीतोे यथार्थ हाम्रोसामु छर्लङगै छ । भट्टी पसल र चिया पसलमा गफ हाँक्दा मेरो चलचित्रले यति नाफा कमायो उति नाफा कमायो भनेर भए नभएका उटपट्याङ गफ लाउने तर घरमा आउँदा रात दिन स्वास्नीको तथा नाम गाली खाएर रात कटाउनुपर्ने थुप्रै निर्माता र निर्देशकहरु प्नि हाम्रोसामु अझै शिर ठाडो पारेर हिँडिरहेको हामीले देखिरहेका छौँ । यस्तै गरेर नेपाली गीतसङ्गीत क्षेत्रमा पनि जति बाहिरबाट हेर्दा रमाइलो विधा र पैसा कमाएको हल्ला चलाए पनि केही नेपाली चलचित्र र केही लोकदोहोरीको भियर्सको सफलताबाहेक अरु सबै गायक तथा सर्जकहरु आफ्नो शोख र स्टेच पाउने आसाबाहेक अरु सफलता नेपाली व्यावसायिक गीतसङ्गीतले लिन सकेन ।
नेपाल चलचित्र विकाश बोर्डले ०७५ वैशाखदेखि बक्स अफिस लागू गर्ने उद्घोष गरेको छ । यो निर्णयको कतै स्वागत भएको छ भने कतै विरोध पनि भएको छ । हेरौँ अब यो नयाँ वर्षदेखि लागू हुने भनिएको बक्स अफिस कत्तिको कडाइका साथ लागू गर्न सक्छ त्यो भर्ने हामीले हेर्नु नै पर्ने हुन्छ ।
देशमा नयाँ शासनव्यवस्था संघीय शासन लागू भई कार्यन्वयनको क्रममा छ । केन्द्रीकृत शासनव्यवस्था प्रादेशिक शासन पद्धतीमा गएको अवस्था छ । राजनीतिक, आर्थिकका साथै नेपाली कलाकारितामा पनि यसले प्रत्यक्ष असर पारेको हुन्छ । संघीय शासनव्यवस्थामा नेपाली कलाकारिताप्रति राज्यको दृष्टिकोण कस्तो रहन्छ र कुन तहमा नेपाली कलाकारितालाई राख्दछ ? त्यसको लेखाजोखा भने हामीले अहिले गर्न सकिने अवस्था छैन । त्यो सबै राज्यले नेपाली कलाकारिता र कलाकारलाई दिने स्थान र सम्मानमा भर पर्दछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै