logo

२०७४ खेलकुदका लागि मिश्रित वर्ष

काठमाडौ
नेपाली खेलकुद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकुदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै छ । आईसीसीबाट क्यान हालसम्म प्रतिबन्धित छ । यद्यपि समस्या समाधानको प्रयास भने जारी रहेको निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । ‘चाँडै नेपाली क्रिकेटको समस्या समाधान हुन्छ’ चन्द बताउँछन् ।
क्यान विवादबीच नेपालले क्रिकेटमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । नेपालले आगामी चार वर्षसम्म थुप्रै अवसर पाउनेछ । यसै वर्ष नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईको विजेतासमेत बन्यो । युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग(आइपिएल)मा आबद्ध हुने मौका पाए । उनी डिल्ली डेयरडेभिल्ससँग ३२ लाख रुपैयाँमा आबद्ध भए । अहिले आइपीएल प्रतियोगिता भारतमा जारी छ ।
यसैगरी मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजनको च्याम्पियन बन्दै यू–१९ एसिया कपमा छनोट भएको नेपालले समूह चरणमा भारतमाथि ऐतिहासिक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
२०७३ वैशाखमा आईसीसीको निलम्बनमा परेको क्यान निलम्बन २०७४ मा पनि फुकुवा हुन सकेन । आन्तरिक विवादमै रुमल्लिँदा क्यानको विवाद कायमै रह्यो । यसबीचमा आईसीसीका पदाधिकारीले नेपाल भ्रमण गर्दै क्रिकेटका सरोकारवाला निकायसँग छलफल गरे पनि ठोस निर्णय निस्कन सकेन । आइसीसी आगामी जुनमा हुने बैठकबाट क्यान निलम्बनबारे औपचारिक निर्णय लिने जनाएको छ । त्यसअघि क्यानको विशेष साधारणसभा गर्दै संशोधित विधान पास गर्नुपर्ने चुनौती निर्वाचित क्यानसामु छ ।
यसै वर्ष निजी क्षेत्रको प्रयासमा टि–२० घेरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग सम्पन्न भए । यी दुवै प्रतियोगिताले नेपाली खेलाडीलाई केही हदसम्म व्यावसायिक बनायो । दुवै लिगलाई आइसीसीले मान्यता पनि दियो । यस्तै, दुवै लिगमा विदेशी खेलाडीको आगमनले प्रतियोगिता अझै रोमाञ्चक बन्यो ।
यस वर्ष नेपाली फुटबलमा धेरै विवाद र कमैमात्र प्रतियोगिता भए । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन तोकिएको समयमा हुन सकेन । यही १४ चैतलाई तोकिएको केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ ।
‘कार्यसमितिको निर्वाचन रोकी पाऊँ’ भनी भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञा मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएकाले निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । तर, अहिले भक्तपुर र मकवानपुर जिल्लाको निर्वाचन सम्पन्न भइसकेको छ । एन्फा निर्वाचन भने अझै अन्योलमा रहेको छ ।
यस वर्ष एन्फाले लिग फुटबललाई फेरि ब्युँझाउने दाबी गरे पनि सफल हुन सकेन । गएको चार वर्षदेखि राष्ट्रिय लिग प्रतियोगिता हुन सकेको छैन । यस वर्ष मोफसलमा झापा गोल्डकप, मदन भण्डारी गोल्डकप, सहारा गोल्डकप, तिलोत्तमा गोल्डकप, बुढासुब्बा गोल्डकप, विराट गोल्ड कपलगायत प्रतियोगिताले नेपाली फूटबलको साख बचाए ।
यस वर्ष केही खेलाडी विदेशी फुटबल क्लबमा अनुबन्धित भए । माल्दिभ्सको क्लब टिसी स्पोर्टस्मा आबद्ध रहेर त्यहाँ लिग खेलेका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनेर्भा पञ्जावमा पनि संलग्न रहे । त्यस्तै स्ट्राइकर विमल घर्ती मगर ‘आई लिगकै क्लब मोहन बगान’ मा आबद्ध भए । मिडफिल्डर जगजित श्रेष्ठ अस्ट्रेलियाको प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाली क्लब पर्सिजा जकार्तामा आबद्ध भए । नेपालले एशिया कप छनोटमा भने सहभागिता जनाए पनि खराब प्रदर्शन गर्दै समूहको अन्तिममा रह्यो ।
११ जेठ २०७४ को मन्त्रिपरिषद् बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय ग¥यो । राष्ट्रिय खेल घोषणापछि अहिले सर्वत्र भलिबलको चर्चा छ । भलिबलमा पछिल्ला वर्षमा नेपालले उल्लेख्य प्रगति गर्दै आएको छ ।
राष्ट्रिय खेल घोषणापछि यसै वर्ष नेपाल उद्योग वाणिज्य महासंघले स्थानीयदेखि राष्ट्रियस्तरसम्मको प्रतियोगिता सञ्चालन गर्न एक करोड २० लाख रुपैयाँको सम्झौता गरेको छ । सम्झौताअनुसार एफएनसीसीआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता तीन चरणमा आयोजना गरिने नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउँछन् ।
यसै वर्ष भलिबलको विकास र विस्तारका लागि नेदरल्यान्ड भलिबल संघले प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै विभिन्न अन्तर्राष्ट्रियस्तरका मैत्रीपूर्ण प्रतियोगितासमेत नेपालले खेल्न पाएको थियो ।
वर्ष २०७४ मा राष्ट्रिय खेलकुद परिषद्ले १९ खेल सहभागी गराएर राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसीप आयोजना ग¥यो । देशका विभिन्न भागमा सञ्चालित सो प्रतियोगिता नेपाली खेलकुदमा नयाँ प्रयोग हो । यसअघि यस्ता प्रतियोगिता राखेपले गरेको थिएन ।
वर्ष २०७४ मै टेबलटेनिसकी नविता श्रेष्ठले साताँै पटक प्रतियोगिता जित्दै इतिहास कायम गरिन् । लगातार सातौँ पटक राष्ट्रिय च्याम्पियन बन्ने श्रेष्ठ पहिलो महिला खेलाडी हुन् ।
यसैगरी भारत्तोलनकी सञ्जु चौधरीले दक्षिण कोरियामा सम्पन्न एसिया कपमा रजत पदक हात पारिन् । नेपालले भारत्तोलनमा एसियालीस्तरको पदक जितेको यो पहिलो पटक हो ।
सजना रानामगर नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान हुन् । सशस्त्र प्रहरीको एपिएफबाट व्यावसायिक फुटबल खेल्दै आएकी सजनाले विभागीय टोलीको पनि नेतृत्व सम्हालिन् । उनी गत पुसमा सजना दुबईतर्फ लागिन् ।
राष्ट्रिय टोलीकी गोलरक्षक नमिताकुमारी दली पनि दुबई गएकी छन् । अनुभवी खेलाडी नमिताकै कप्तानीमा पुलिसले पछिल्ला तीन संस्करणको लिग उपाधि जितेको थियो । पुलिसकी सहायक प्रशिक्षक चन्द्रा भण्डारीका अनुसार नियमित खेलिरहेको अवस्थामै जागिरको नै माया मारेर विदेश पलायन हुँदा नेपाली फुटबलको तीतो सत्यको पर्दाफास भएको छ ।
‘खेलाडी जब खेल क्षेत्रमा लाग्छ, त्यसबेला उसले आफ्नो भविष्य सुनिश्चित पार्ने सपना पनि देख्छ । त्यसै सपनाका साथ खेलाडीले वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछन् । जब उनीहरूले आफ्नो मेहनतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति गर्छन्, त्यसबेला उनीहरू विकल्पको खोजीमा लाग्छन् ।’ भण्डारी भन्छिन् ।
एक दशकसम्म एथलेटिक्समा सक्रिय केशरी चौधरी भविष्य नदेखेपछि दुबईतर्फ लागेकी छन् । चौधरीजस्तो प्रतिभाशाली खेलाडी बाहिरिनु नेपालकै लागि दुर्भाग्य भएको एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङ बताउँछन् । ‘केशरीजस्तो खेलाडी विदेश जानु भनेको नेपालको खेलकुदलाई घाटा हो ।’ गुरुङ बताउँछिन् । खेलाडी पलायन हुनुको मुख्य कारण नियमितरूपमा प्रतियोगिता नहुनु हो । फुटबलको कुरा गर्दा वर्षौंदेखि प्रतियोगिता नहुँदा पलायन हुनुपर्ने बाध्यता छ । पहिलाका खेलाडी देश सम्झेर जीवन बिताउँथे, अहिले अवस्था त्यस्तो छैन ।
अन्त्यमा, क्रिकेटबाहेक यस वर्ष नेपाली खेलकुद क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उल्लेख्य उपलब्धि निकाल्न सकेन । भलिबल खेल राष्ट्रिय खेलमा सूचीकृत हुनुलाई नै सफलताको आधारमा मान्न सकिन्न । खेलकुद क्षेत्रमा स्पोन्सरहरु बढ्नुले खेलकुदको क्षेत्र अर्थतन्त्रसँग जोड्ने सम्भावना बढायो । कर्पोरेट हाउसहरु खेलमा आकर्षित हुन थाल्नु पक्कै पनि यस क्षेत्रको उल्लेखनीय उपलब्धि हो । तर, खेलकुदमा राजनीतिको छाया कायमै रहनुले संगठित रुपमा नेपालको खेलकुद क्षेत्रले आशा गरिहाल्नुपर्ने अवस्था आउन दिएन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप एफफरएफ कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व...

साफ च्याम्पियनसिप फुटबल

बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा...

क्यानको विशेष साधारणसभा हुँदै

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै