logo

कृषकले चैतेधानको अनुदान पाएनन्

फलेवास, पर्वत, चैत २८
चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् ।
चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका हुन् ।
पैयुँका भोर्ले, सरौंखोला, हुवास, त्रिवेणी, बेउलीवास र टकलाकका किसानले चैतेधान लगाउँदैआएका छन् । कृषि तथा सहकारी मन्त्रालयमार्फत गत वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले चैतेधानलाई प्रोत्साहन गर्न प्रतिरोपनी रु २५० का दरले बीउ र मलमा अनुदान दिँदैआएको थियो ।
अनुदान कार्यक्रममार्फत अघिल्लो वर्ष जिल्लाभर रु पाँच लाख रकम वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए। “हामीले केन्द्रीय कार्यक्रम स्थानीय तहमा पठाएकै हो,” उनले भने ।
जिल्लामा सबैभन्दा बढी चैतेधानको खेती पैयुँमा हुन्छ । पैयुँबाहेक फलेवास, कुुश्मा र जलजलाको केही क्षेत्रमा चैतेधान फल्छ । किसानले सीएच–४५ जातको चैतेधान लगाउँदै आएका छन्  । गत वर्ष सात रोपनी खेतमा चैतेधान लगाएकी पैयुँ–३ बेउलीवासकी भीमा बस्यालले अनुदान रोकिएपछि यस वर्ष चार रोपनीमा मात्रै लगाएको बताए ।
गाउँपालिकाले अनुदान रोकेपछि किसानले चैतेधान फल्ने खेतमा मकै लगाएका छन् । पर्वतको २८ हजार ६०० हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे र सात सय हेक्टरमा चैतेधानको खेती हुन्छ  । बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैतेधानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि कार्यक्रम नै प्रभावित भएको छ ।
पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी अघिल्लो वर्षको गाउँसभा हतार र विषयविज्ञको अनुपस्थितिमै गर्नु परेकाले कृषिलगायत विषयगत विकास बजेटमा कमजोरी भएको बताए । आगामी वर्षदेखि प्रोत्साहनमूलक अनुदानका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै