logo

पल्सर स्पोर्टस् अवार्ड जेठमा

काठमाडौँ, चैत २७
नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ ।
नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षकलाई आगामी जेठ ४ गते सम्मान गर्ने कार्यक्रम रहेको मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए ।
विगतका वर्ष जस्तै यसपटक पनि पल्सर स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिनेछ ।
हंसराज हुलासचन्द्र एण्ड कम्पनीले उक्त सम्मान कार्यक्रमको लागि यसपटक रु २० लाख बराबरको सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमा सो कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त सम्झौता नवीकरण मात्र हो । कम्पनीले मञ्चसँग आठ वर्षको लागि यसअघि नै सम्झौता गरिसकेको छ । कम्पनीका निर्देशक गोल्छाले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकूद भएकाले यसले आम जनतालाई एकतामा बाँध्ने कामसमेत गर्ने विचार व्यक्त गरे । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप एफफरएफ कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व...

साफ च्याम्पियनसिप फुटबल

बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा...

क्यानको विशेष साधारणसभा हुँदै

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै