logo
565 x 90 pixel-01.png

डिपिएल टिम चौराह धनगढी फाइनलमा

धनगढी, चैत २७
खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । जितका लागि दुई बलमा ६ रन आवश्यक रहेको अवस्थामा धनगढीले काठमाडौँ गोल्डेन्सलाई एक विकेटले पराजित गर्दै रु २५ लाख पुरस्कारका लागि फाइनलमा स्थान पक्का गरेको हो ।
प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा टिम चौराह धनगढीले टस जित्दै फिल्डिङ रोजेको थियो । काठमाडौँ गोल्डेन्सले ब्याटिङ गर्दै टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । धनगढीले एक बल बाँकी छँदै नौ विकेटको क्षतिमा उक्त विजयी लक्ष्य पूरा ग-यो । धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा एक छक्का र दुई चौका प्रहार गरे । शंकर रानाले ३९ बलमा दुई चौकासहित २८ रन बनाए । सोनु तामाङले एक छक्का र एक चौकासहित १० बलमा १४ तथा सुनिल धमलाले १३ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौँका सन्नी पटेल, रशिद खान र शाहव आलमले दुई/दुई विकेट लिए । सुवोथ भाटी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।
बलिङतर्फ धनगढीका लागि कप्तान सोमपाल कामी र ललितसिंह भण्डारीले दुई/दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक/एक विकेट लिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड,...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

संयुक्त अरब इमिरेट्स युएईसँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ...

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै