logo

गुणस्तरीय बीउ नरोप्दा किसानलाई घाटा

ललितपुर, चैत २६
किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् । आलुमा टुसा देख्नासाथ किसानले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताए ।
किसानले आफ्नो ठाउँको हावापानी अनुसारको आलुको जातको बीउ रोप्दैनन् । उनी भन्छन्, “धेरै किसानले आलुको जात भनेकै सेतो र रातो मात्रै हो भन्ने ठानेका छन् ।” बीउ गुणस्तरीय नहुँदा उत्पादन कम हुन्छ । भारतबाट आयात गरिने आलु सस्तो भएका कारण किसान त्यसतर्फ आकर्षित हुने गरेका छन् । “एउटै बीउ धेरै वर्षसम्म लगाउँदा किसानले पर्याप्त आम्दानी लिन सक्दैनन्,” गौतमले भने । नार्कले सिफारिस गरेका बीउ तीन/चार पुस्तासम्म रोप्न सकिने उनको भनाइ छ ।
उच्च पहाडी भेगभन्दा तराईमा आलुको बीउ चाँडो फेर्नु पर्छ । बीउ चक्र पूरा नहुँदा नार्कले उत्पादन गरेका बीउ सबै किसानका लागि पर्याप्त हुँदैनन् । उनी भन्छन्, “सजिलै र सस्तो मूल्यमा भारतबाट बीउ आयात गरिने हुँदा तराईका अधिकांश किसान भारतीय बीउ रोप्छन् ।” पहाडमा भने आफूले भण्डारण गरेको बीउ किसानले धेरै वर्षसम्म रोप्ने गरेका छन् । मुलुकको हिमालदेखि तराईसम्मका अधिकांश जिल्लामा आलुखेती हुने गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन्...

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ...

वडा अध्यक्षले आफैंबाट सुरु गरे कुखुरापालन

खप्तड छान्ना गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले आफैँबाट कुखुरापालन सुरु गरेका...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै