logo

सहकारीको रु चार अर्ब लगानी

बाबियाचौर, म्याग्दी, चैत २५
जिल्लाका सहकारी संस्थाले वार्षिक करीब रु चार अर्ब लगानी गरेका छन् । आर्थिक वर्ष २०७३७४ मा यहाँका सहकारीले रु तीन अर्ब ७० हजार ६५ लाख ७८ हजार लगानी गरेका बागलुङ सहकारी डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार म्याग्दीमा २१५ वटा सहकारी संस्था स्थापना भएकामा ती संस्थामा आबद्ध ४३ हजार ४८५ जनाको रु ५२ करोड ६६ लाख ९५ हजार शेयर रहेको सहकारीमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५९ करोड, २३ लाख ८५ हजार बचत रहेको सहकारी निरीक्षक डिलबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार ४३४ जनालाई रोजगारी प्रदान गरेको सहकारी संस्थाले गतवर्ष रु छ करोड ७९ लाख ९८ हजार खुद मुनाफा गरेका छन् । जिल्लाका सहकारी संस्थामा रू एक अर्ब ६७ करोड छ लाख ६८ हजार बराबरको सम्पति छ । गाउँ/गाउँमा सहकारी संस्था स्थापनासंगै स्थानीयवासीमा बचतको बानिको विकास, ऋण लिन र आर्थिक कारोबार गर्न सहज भएको जिल्ला सहकारी संघका अध्यक्ष दीपक कार्कीले बताउनुभयो ।
यसैबीच कार्यालयले सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण शुरु गरेको छ । संघीयका कार्यान्वयनसँग बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संस्था दर्ता, नियमन, खारेजी, संरक्षण, प्रवद्र्धनको अधिकार स्थानीय तहमा रहेकाले ऐन कार्यान्वयनका लागि अभिलेख हस्तान्तरण शुरु गरिएको डिभिजन प्रमुख विष्णुप्रसाद शर्माले बताए ।
डिभिजन अन्तर्गत म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा एक हजार ६९ वटा सहकारी संस्था दर्ता भएकामा जिल्लामा दुई सय बढी सहकारी छन् । रघुगंगा गाउँपालिकाका २१ वटा सहकारी संस्था गाउँपालिकालाई हस्तान्तरण गरेको डिभिजनले स्थानीय तहलाई पनि सहकारी हस्तान्तरणको तयारी गरेको छ । स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि सहकारी सम्बन्धी ऐन, नियमको बारेमा अभिमुखीकरण गरेर हस्तान्तरण गर्न लागिएको डिभिजन प्रमुख शर्माले बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै