logo

आँप उत्पादनमा वृद्धि

महेन्द्रनगर, धनुषा, चैत २५
धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर आँपको फूल बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताए ।
जिल्ला कृषि विकास कार्यालयले पनि यसवर्ष मौसम अनुकूल भएकाले आँप उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा कूल तीन हजार २३८ हेक्टरमा जग्गामा आँपको खेती गरिएकामा एक दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरका हिसाबले कूल चार हजार ३७१ मेट्रिकटन आँप उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा तीन हजार ३६६ हेक्टर जग्गामा आँपको खेती गरिएको कार्यालयले जनाएको छ ।
उक्त कार्यालय यसवर्ष १३ मेट्रिकटन प्रति हेक्टरको हिसाबले जिल्लामा ३० हजार ६५८ मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरेको छ । धनुषामा आर्थिक वर्ष २०७१/७२ मा दुई हजार २५५ हेक्टर जग्गामा आँपको खेती भएकामा प्रतिहेक्टर १२ मेट्रिकटनको हिसाबले दुई हजार ७६० मेट्रिकटन, आव २०७२/७३ मा दुई हजार २७१ हेक्टरमा सात दशमलव ६९ मेट्रिकटनको हिसाबले कूल १७ हजार चारसय ८६ मेट्रिकटन आँप उत्पादन भएको थियो ।
धनुषामा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखासजस्ता जातका आँप उत्पादन हुने गरेको छ । कृषि कार्यालयका अनुसार धनुषामा ९० प्रतिशत खेती यी आँपको हुनेगरेको छ । अघिल्लो वर्ष आँप उत्पादनका लागि मौसम अनुकूल नभएको र आँपमा लाग्ने मधुवा किटाणुका कारणसमेत उत्पादनमा कमी आएको थियो । यसवर्ष मधुवा लगायत अन्य कीटाणुलाई नियन्त्रण गर्नसके आँपको उत्पादन आशा गरे अनुरुप हुने कार्यालयका निमित्त प्रमुख बद्री साहले बताए ।
नेपाल एग्रो सेन्टरका सञ्चालक हरिशंकर साहले अहिले सबैभन्दा बढी आँपमा लाग्ने कीरा मार्ने औषधि नै खपत भइरहेको बताए । निमित्त प्रमुख साहले मधुवा कीटाणु लगायतका आँपमा लाग्ने कीरा नियन्त्रणका लागि रोगर रोग्रिन एक दशमलव पाँच एमएल एक लिटर पानीमा मिसाएर छर्के किरा मार्न सकिन्छ भने प्लानोफिक्स ० दशमलव ५ एमएल पानीमा मिसाएर छर्केपछि आँपमा लाग्ने ढुसीलाई हटाउन सकिन्छ ।
यसवर्ष आँप उत्पान वृद्धि हुने देखेर रू १२ लाखमा विभिन्न ठाउँको आँपको फूलबारी ठेक्का लिएको फलफूल व्यापारी जीवन साहले बताए । महेन्द्रनगरमा जीवन फलफूल बिक्री केन्द्र सञ्चालन गर्दै आएका उनले मिथिला नगरपालिकास्थित कृषि विकास आयोजनाको आँपको फूलबारी र क्षीरेश्वरनाथ धर्म संस्थाको आपँको बगैंचा ठेक्का लिएका छन् । किसान पनि आँपको राम्रो उत्पादन हुने भएपछि राम्रै आम्दानी हुनेमा ढुक्क छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषक जडीबुटी खेतितर्फ आकर्षित

जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट...

६४ प्रतिशत धान रोपाई

नेपालमा ६४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि प्रसार निर्देशनालयका अनुसार असार अन्तिमसम्ममा नेपालभरि...

मकैको बीउ बिक्री भएन

नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै