logo

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

एजेन्सी
सान ब्रुनो, चैत २२
उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । एक जना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात् गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् ।
युट्युबको सो मुख्यालयमा एक जना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको थियो । तर ती महिलाले प्रहरी आउनुभन्दा अगावै गोली हान्न थालेकी बताइएको छ । युट्युब मुख्यालयमा करिब एक हजार सात सय जना कर्मचारी कार्यरत छन् । कार्यालयभित्रै गोली चलेपछि उक्त कार्यालयका अधिकांश कर्मचारीहरुले हात माथि उठाएर कार्यालयबाट बाहिर निस्किँदै गरेका दृश्यहरु स्थानीय टेलिभिजनहरूले देखाएका थिए ।
उक्त हमलामा दुई जना महिला र एक पुरुषलाई गोली लागेको छ । गोली लागेकामा एक जना ३६ वर्षीय पुरुष र ३२ वर्षकी महिलाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जना महिलाले गोली हानेको प्रहरीले बताएको छ । ती महिलाले अरुलाई हमला गरेपछि आफैँलाई पनि गोली हानेकी थिइन् । पछि ती गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ ।
अमेरिकी प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको जानकारी दिएको छ । यस आक्रमण किन गरिएको थियो र ती महिलाको विगतको पृष्ठभूमि के थियो भन्ने बारेमा अहिले नै केही थाहा नभएको र अनुसन्धान सुरु गरिएको जनाइएको छ । यसैबीच प्राप्त पछिल्लो समाचारअनुसार त्यहाँ गोली चलाउने हमलाकारीको पनि मृत्यु भएको बताइएको छ । प्रहरीले गोली हान्ने महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।
उनले अरुलाई गोली हानेपछि आफैँलाई पनि हानेर आत्महत्या गरेकी थिइन् । गोली हान्ने महिलाको पनि सोही कार्यालयको परिसरमा मृत्यु भएको प्रहरीले बताएको छ । उनी कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएकी प्रहरीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घटनाबारे आफूलाई थाहा भएको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पनि हालै अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डपछि सुरक्षामा निकै जोड दिएका थिए ।
उनले अमेरिकामा अब विद्यालयमा यस्ता गोलीकाण्ड हुन नदिने भन्दै आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताएका थिए । उनले फ्लोरिडामा भएको हत्याकाण्डपछि सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्त गर्दै विद्यालयमा देखिएको यो असुरक्षाको अवस्था हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्नपाउने वातावरण बनाउने बताएका थिए ।
अमेरिकामा पछिल्लो समयमा यस्ता गोलीकाण्डका घटनामा बृद्धि भइरहेको छ । कतिपयले यसलाई व्यक्तिले बन्दुक राख्न पाउँदाका परिणामहरु हुन् भनेका छन् भने कतिले यस तर्कको अस्वीकार गर्ने पनि गर्दछन् ।

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै