logo

बहुआयामिक कलाकार – विशाल निंरौला

काठमाडौ चैत ११

हरेक मानिससँग हरेक किसिमका कला क्षमता हुन्छ । तर हरेक मानिसले आफ्नो हरेक क्षमता बाहिर ल्याएका हुँदैनन् । यसरी जसले आफ्ना कला क्षमतालाई बाहिर ल्याएर सबैको मनमा बस्न सक्छ , उसले सबैको मनमा वास बस्न सकेको हुन्छ ।
इलामको दानाबारी –१ डाँडागाउँमा इच्छाराम र कृष्ण कुमारी निरौलाको कोखबाट जन्मेर विगत लामो समयदेखि काठमाडांैलाई आफ्नो कर्मथलो बनाउँदै आएका कलाकार निरौला गायन, लेखन, संगीत, रेकर्ड तथा संगीत एरेन्जमा पनि आफ्नो सक्रिय कलाकौशल देखाइरहेका छन् भने अहिले व्यावसायिक रुपमा स्टुडियो सञ्चालनमा ल्याएका छन् । ०६५ सालमा इलामबाट काठमाडांै प्रवेश गरेका कलाकार निरौला वि.सं.०६६ सालबाट कलाकारितामा प्रवेश गरेका हुन् । नमस्ते कला संगम दमक झापामा उमेश खड्कासँग औपचारिक रुपमा शास्त्रीय संगीतको औपचारिक शिक्षा हासिल गरेका कलाकार निरौलाले काठमाडांै आएपछि सप्तरञ्जनी संगीत विद्यालय जमलमा रमिला भण्डारीसँग तीन वर्ष, यस्तै गरेर इन्डियन कल्चरल सेन्टरबाट चार वर्षको संगीत शिक्षा हासिल गरेपछि उनी आफूलाई संगीतमा औपचारिक रुपमा लाग्न सक्षम बनाएर यस क्षेत्रमा औपचारिक रुपमा लागेका हुन् ।
संगीत संयोजनलाई व्यावसायिक पेसा बनाउँदै लगभग चार सय गीतमा संगीत संयोजन गरेका कलाकार निरौलाले आफ्नै स्वरमान पनि पाँच, छवटा गीत रेकर्ड गरिसकेका छन् भने बीसभन्दा बढी गीतमा संगीत भरेका छन् ।
गायक बन्ने सपना बोकेर काठमाडांै भासिएका कलाकार निरौला काठमाडांै छिरेपछि बाँच्नका लागि विविध क्षेत्रमा हात हाल्न पुगे । उनी व्यावसायिक रुपमा सफल भएको विधा भनेको संगीत एरेन्ज हो । यही पेसाले काठमाडांैमा यिनलाई बाँच्ने आधार तय गरिदियो र त्यसपछि अन्य क्षेत्रमा पनि सफल बन्नमा सहयोगी भुमिका खेल्यो ।
यस्तै पछिललो समयमा आएर आफ्नै रेकर्ड स्टुडियो सञ्चालनमा ल्याएका छन् । के साँच्चै स्टुडिो सञ्चालन गरेर मात्रै बाँच्न सकिने आधार छ त भनेर सोधेको प्रश्नमा कलाकार निरौलाले भने केवल स्टुडियो सञ्चालन गरेर मात्रै त के सकिन्थ्यो र म त गीत, संगीत, एरेन्ज गरेर जसोतसो आफ्नो कलाकारितालाई बचाइरहेको छ भनौं । दुई वर्ष पहिलेदेख स्टुडियो सञ्चालनमा ल्याएका कलाकार निरौलाले आफ्ना गीत रेकर्ड गर्न र अरुलाई पनि सहज होस् भनेर स्टुडियो सञ्चालनमा ल्याएका कलाकारको यो स्टुडियोमा महिनामा ३०,४० वटा गीत रेकर्ड हुने गरेको जानकारी स्टुडियो सञ्चालक तथा कलाकार निरौलाले दिएका छन् । स्टुडियो सञ्चालन भए यता अहिले सम्ममा करिब पन्ध्रसय गीत रेकर्ड भएको उनले जानकारी दिएका छन् ।
प्रिवारमा कलाकारितामा एकलो बृहस्पति बन्नु परेको र कलाकारितमा विस्तारै सफलता हात पारेपछि घर परिवारकामे पनि माया पाउन थालेको स्वीकार्छन् उनी । स्वर्गीय स्वर सम्राट् नारायण गोपालबाट यस क्षेत्रमा आउने प्रेरण जागेको र अबका दिनमा पनि नेपाली गीत संगीत क्षेत्रमै लागिरहने र व्यावसायिक रुपमा धरापमा परेको नेपाली गीत, संगीत क्षेत्रलाईमाथि उठाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चांैथो दोहोरी गीत प्रतियोगिता चैत १३ देखि
काठमाडौं, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजना र अर्ना बियरको प्रायोजनमा आयोजित चौंथो रनिङशिल्ड दोहोरी गीत प्रतियोगिता यही चैत १३ देखि १७ गतेसम्म काठमाडांैमा हँुदैछ, यसको सम्पूर्ण तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।
यसभन्दा पहिला पनि प्रतिष्ठानले आयोजना गर्ने गरेको र सफलता प्राप्त गरेको र यस पालीको प्रतियोगीतामा पनि यस्तै किसिमले दर्शक श्रोताको माया पाउने आशा आयोजकले दिएको छ । हरेक पटक हरेक बहानामा आयोजन ागर्ने यस्ता प्रतियोगिताबाट उठेको रकम सही ठाउँमा प्रयोग भएको ठ कि छैन त्यसको निगरानी भने सचेत वर्गले गर्नै पर्ने हुन्छ र संस्थालाई खवरदारी गर्दै सही मार्गमा लैजानुपर्ने जिम्मेवारी सचेत सर्जक कलाकारको हुनआउँछ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै