logo

एकै दिनमा फेसबुकलाई ३७ अर्ब डलरको नोक्सानी

एजेन्सी
वासिङटन, चैत ७
फेसबुक कम्पनीको सेयर बजारमा व्यापक गिरावट आएको छ । सोमबारको बजारमा कम्पनीको सेयर बजारमा ३७ अर्ब अमेरिकी डलरबराबरको समग्र मूल्यमा गिरावट आएको देखिएको हो । पछिल्लो समय अमेरिका र बेलायती अधिकारीहरुले कम्पनीको गोपनीयताको विषयमा प्रश्न उठाएसँगै सेयर बजारमा व्यापक गिरावट आएको देखिएको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल कम्पनीको विषयमा विश्लेषकहरुले विभिन्न किसिमको नकारात्मक विवरणहरु सार्वजनिक गरिरहेका छन् । विशेषगरी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा फेसबुकको पनि भूमिका रहेको विवरण सार्वजनिक भएसँगै कम्पनी समस्यामा देखिएको हो । यस किसिमको आरोप निकै नै संवेदनशील रहेको प्रतिक्रिया बेलायतले पनि दिइसकेको छ । यस्तो अवस्थामा फेसबुकमाथिको आशंका बढ्दै गएको हो । फेसबुकको सेयरमा छ दशलमव ७ प्रतिशतको भारी गिरावट आएको देखिएको हो । यससँगै उसको सेयरको मूल्य एक सय ७२ अमेरिकी डलर प्रतिसेयरमा पुगेको देखिएको हो । यो नतिजासँगै कम्पनीको समग्र सेयरमा करिब ३७ अर्ब अमेरिकी डलरबराबरको गिरावट कम्पनीको समग्र मूल्यमा आएको देखिएको हो ।
शुक्रबार कम्पनीले एक अनुसन्धानको क्षेत्रमा काम गरिरहेको कम्पनीबाट नियमहरु उलंघन गर्दै केही सूचनाहरु खरिद गरेको जानकारी दिएको छ । यो विवरणको कारण कम्पनीप्रति विशेषगरी विभिन्न किसिमको समस्या उत्पन्न भएको हो । मानिसहरुले सामाजिक सञ्जालको प्रयोगको क्रममा आफ्नो गोपनीयताको विषयमा विशेष ध्यान दिने भएको कारण उनीहरुको गोप्य विवरणहरुबारे कम्पनी स्पष्ट हुनुपर्ने अधिकारीहरुले बताएका छन् । फेसबुकले भने आफ्नो सेवा प्रयोग गरिरहेको अवस्थामामानिसहरुको् विवरणको विषयमा आफूहरु निकै सचेत रहेको बताउँदै आएको छ । कम्पनीले आफ्ना विवरणहरु सुरक्षित रहुन् भन्ने अभिप्रायका साथमा काम गरिरहेको र यसमा कुनै किसिमको सम्झौता नगरेको पनि बताएको छ ।
कसरी सबै डाटाहरु सुरक्षित हुन्छन् र राजनीतिक विज्ञापनहरुको विषय नै फेसबुकको लागि निकै महत्वपूर्ण हुनसक्ने देखिएको हो । विश्वव्यापीरुपमा सेवा प्रदानको क्रममा आफूलाई अब्बल राख्न सफल रहेको कम्पनीले अहिले हासिल गरेको विवरणले उसको सेवामा पनि आगामी दिनमा असर पर्नसक्ने देखिएको हो । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा फेसबुकले रसियन मानिसले गरेको राजनीतिक विज्ञापन अमेरिकी प्रयोगकर्ताहरुमा प्रशारण गरेको विवरण सार्वजनिक भएको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै