logo

आगन ब्राण्डका नाममा पशुपति इन्टरनेशनलका अग्रवालद्वार भ्याट छली गरेको खुलासा

शंकर लुर्इंटेल
विराटनगर, चैत ७
आगन ब्राण्डका नाममा पशुपति इन्टरनेशनलका निरव अग्रवालले भ्याट छली गरेको खुलासा भएको छ । विराटनगरका व्यापारीहरुले पछिल्लो चरण व्यापक रुपमा भ्याट छली गर्दै आइरहेका छन् । पछिल्लो चरणमा विराटनगरमा दिनानुदिन व्यापारीबाट व्यापक राजस्व छली भएको घटना सार्वजानिक हुने गरेका छन् । औद्योगिक नगरीका रुपमा परिचित विराटनगर बजारमा रहेको व्यापारिक घरानाका व्यक्तिबाट सरकारलाई बुझाउने राजस्वमा व्यापक ठगी भइरहेको सार्वजनिक भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरमा पशुपति इन्टरनेशनलका नाममा निरव अग्रवालले ३०५१००२०३ बाट मुअ कर मा कागजी दर्ता कायम रहेको कारोबार शंकाको घेरामा रहेको बताइएको छ । उनले राज्यलाई तिर्नपर्ने कर छलीरहेको रहस्य खुलेको छ । व्यापारिक प्रतिष्ठान दर्ताका लागि एक व्यक्तिलाई प्रयोग गरी यसको मुख्य सञ्चालकमा विवेक अग्रवाल र निरव अग्रवाल रहेको तथ्य सार्वजनिक भएको छ । अग्रवालले ०६८ सालमा फर्म दर्ता कायम गरेदेखि नै आफ्नो कारोबारबाट लाखाँैको भ्याट ठगी गरेको रहस्य खुलेको हो । भारतीय व्यावसायिक कम्पनी आँगनसँगको सहकार्यमा विराटनगरमा सञ्चालन भएको आँगन स्वीटको ब्यानरबाट मिठाइको कारोबार सञ्चालन गरेको पशुपति इन्टरनेशनलले चालू आवको छ महिना(पुस मसान्त)मा विवरण बुझाउँदा करिब पाँच लाख भ्याट ठगी गरेको रहस्य खुलेपछि उसको भ्याट ठगी प्रकरण खुल्न पुगेको हो । व्यापारिक प्रतिष्ठानको सञ्चालकमा एउटा व्यक्ति प्रयोग गर्ने तर कारोबार अर्को व्यक्तिले गर्ने प्रचलन विराटनगरमा व्यापक रहेको स्थानीयले बताएका छन् ।
समाचार स्रोतका अनुसार पूर्वाञ्चलमा नै व्यापारिक हवका रुपमा रहेको औद्योगिक नगरमा पछिल्लो समय पशुपति इन्टरनेशनलका सञ्चालक निरव अग्रवाल र विवेक अग्रवालले मिठाइ बिक्री वितरणका नाममा राज्यलाई बुझाउने भ्याट ठगी गर्ने गरेको घटना सार्वजनिक भएपछि अन्य व्यवसायीहरुले पनि भ्याट छली गरेको आशंका गरिएको छ । विराटनगर महानगरपालिका साविक ९ को मेनरोडमा व्यवसायी सञ्चालन गरे पनि फर्म दर्ता भने साविक वडा २ मा कायम देखिएपछि आन्तरिक राजस्व कार्याबाट पशुपति इन्टरनेशनललाई जरिवाना गरी ठेगाना सच्याउन लगाएको थियो । राजस्व विभागले भारतीय व्यवसायी संस्थासँग सहकार्य गरी आँगनका नाममा मिठाइ तथा अन्य खाद्य सामानको कारोबार गरी राज्यलाई लाखाँैको भ्याट ठगी गरेको आरोपमा पटक–पटक कारबाहीसमेत गरेको बताइएको छ । उक्त पशुपति इन्टरनेशनललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट समेत पटक–पटक सचेत गराई कारबाहीको दायरामा ल्याएको चेतावनी दिँदै आएको छ । तर सञ्चालकले भने, ‘राजस्व तिर्न अटेर गर्दै आइरहेको समाचार स्रोतले बताएको छ ।’ पशुपति इन्टरनेशनलका नाममा आँगनका मिठाइदेखि अन्य खाद्यका वस्तुको कारोबार गर्ने जो कोही भए पनि यसका असली खेलाडी विराटनगरका ‘पोस्तादाना’ प्रकरणका चर्चित शंकर अग्रवाल नै मुख्य सञ्चालक रहेको दाबी समाचारस्रोतले गरेको छ । तत्कालीन बंैक अफ एसियाबाट एलसी खोली व्यापारीको नाम समेत कीर्ते र हस्ताक्षर पनि कीर्ते गरेर अफगानिस्थानबाट पोस्तादाना मगाउँदा भारतको कोलकाता बन्दरगाहमा पक्राउपश्चात् मात्र पोस्तादाना प्रकरण खुलेको थियो । आज उनै व्यापारी संलग्न रहेर सञ्चालन गरेको पशुपति इन्टरनेशनलबाट आँगनको ब्राण्डमा हुने कारोबार पनि शंकाको घेरामा परेको दाबी समाचारस्रोतले गरेको हो ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

११ उद्योगमा शिलबन्दी

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म...

ईपिजी बैठक बिनानिष्कर्ष

नेपाल–भारत सम्बन्ध प्रबुद्ध समूह इपिजीको आठौँ बैठक काठमाडौंमा बसेको छ । हरेक तीन महिनामा बस्दै आएको बैठक बैशाख...

सैनामैनाद्वारा १९ वाट कानुन प्रधानमन्त्रीलाई हस्तान्तरण

रुपन्देहीको सैनामैना नगरपालिकाले स्थानीय कानुनको संगालो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै