logo

गुगल र एप्पलविरुद्ध कानुनी कारबाही गर्ने फ्रान्सको तयारी

एजेन्सी
पेरिस, चैत २
फ्रान्सले गुगल र एप्पल कम्पनीको विरुद्धमा व्यावसायिक दुरुपयोगको आरोपमा मुद्दा लगाउने भएको छ । फ्रान्सका अर्थमन्त्री ब्रूनो ले मायरले बुधबार व्यापारयुद्धको आशंका मडारिएको अवस्थामा यस्तो घोषणा गरेका हुन् । अमेरिका र युरोपको बीचमा व्यापारिक युद्ध हुनसक्ने अवस्था देखिएको अवस्थामा अमेरिकी कम्पनीहरुविरुद्ध नै फ्रान्स खनिनुलाई विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।
फ्रान्सेली अर्थमन्त्री मायरले अर्थतन्त्र न्यायमा आधारित रहने भएको कारण फ्रान्समा सेवा प्रदान गर्न चाहने कुनै पनि कम्पनीले आन्तरिक नियमको पालना गर्नुपर्ने उनको भनाइ छ । मायरले गुगल तथा एप्पल कम्पनीले स्थानीय कम्पनीहरुलाई असर पर्ने किसिमका गतिविधिहरु गर्दै आइरहेको कारण उनीहरुलाई कारबाही गर्ने तयारी भइरहेको बताए । फ्रान्समा सेवा सुरु गर्दाको समयमा कम्पनीहरुले हस्ताक्षर गरेका नियमहरुमा नै प्रतिबद्ध नरहेको अधिकारीहरुले बताएका छन् ।
फ्रान्सले अहिले ल्याएको योजनाअनुसार उक्त कम्पनीहरुलाई आफ्ना एपहरुको व्यापारका लागि रोकिनेछ । जसले फ्रान्सका मानिसहरुको विवरणहरु संकलन गरिरहेको छ । साथै उनीहरुको समानान्तर रुपमा आफ्नो सम्झौता परिवर्तन गरिरहेको कारण पनि उनीहरुलाई कारबाहीको सिफारिस गरिएको हो । यस किसिमको अवस्था फ्रान्सको लागि स्वीकार्य नरहेको अर्थमन्त्रालयले जानकारी दिएको छ । फ्रान्सले कम्पनीहरुको विश्व बजारको हिस्सा बलियो रहेको भए पनि उनीहरुले स्थानीय नियमको पूर्णरुपमा पालना गर्नुपर्ने बताएको छ ।
अमेरिकी कम्पनीहरुको विरुद्धमा अहिले लिन लागिएको कदमले अमेरिकासँगको व्यापारयुद्धको झल्को दिएको छ । केही समयअघि अमेरिकाले स्टिलमा थप २५ प्रतिशत र अल्मुनियममा थप १० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यस किसिमको निर्णयको कारण युरोप र अमेरिकाको सम्बन्ध केही चिसिएको छ । अमेरिकाले यस किसिमको निर्णय लागू गरेको खण्डमा अमेरिकाबाट आयात हुने सामग्रीहरुमा पनि थप कर लगाई उल्लेख्य रकम बचाउने चेतावनी युरोपले दिएको थियो । जवाफमा अमेरिकाले युरोपियन कारहरुमा पनि कर लगाउने जवाफ फर्काएको थियो ।
अहिले फ्रान्सले अघि सारेको मुद्दाको कारबाही केही लाख रकम युरोबराबरको जरिवाना हुनसक्ने अधिकारीहरुले बताएका छन् । फ्रान्सेली अर्थमन्त्रीले मुलुकको आर्थिक नियम र प्रणालीलाई सन्तुलनमा राख्नु आफ्नो कर्तव्य रहेको र सोहीअनुरुप नै यो योजना आएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...

एकै दिनमा फेसबुकलाई ३७ अर्ब डलरको नोक्सानी

फेसबुक कम्पनीको सेयर बजारमा व्यापक गिरावट आएको छ । सोमबारको बजारमा कम्पनीको सेयर बजारमा ३७ अर्ब अमेरिकी...

गुगल र एप्पलविरुद्ध कानुनी कारबाही गर्ने फ्रान्सको तयारी

फ्रान्सले गुगल र एप्पल कम्पनीको विरुद्धमा व्यावसायिक दुरुपयोगको आरोपमा मुद्दा लगाउने भएको छ । फ्रान्सका...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै