logo

‘डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी गर्ने पक्राउ

काठमाडौं, चैत २
‘डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ‘डान्स नेपाल डान्स’ रियालिटी शोकोको आयोजक भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक काठमाडौं ४, धुम्बाराहीका विक्रम अछामीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी सोको पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नदिएको पाइएको छ । एक राष्ट्रिय टेलिभिजनबाट सञ्चालित उक्त रियालिटी सोको पहिलो सिजनमा प्रथम हुनेलाई एक लाख, दोस्रो सिजनमा साढे दुई लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कारसहित विभिन्न ठाउँमा जागिर लगाइदिने बताइए पनि विजेताहरुले अहिलेसम्म पनि पुरस्कार नपाएको प्रहरीले बताएको छ । रियालिटी सोको पहिलो सिजन मिति २०६८ जेठ २७ गतेबाट देशभर अडिसन लिएर करिब ३०० जना सहभागी र २०७३ साल साउन २६ गतेबाट सुरु भएको दोस्रो सिजनमा पनि देशभरबाट अडिसन लिई करिब ४०० जना सहभागी जम्मा गरी कार्यक्रम प्रसारण भएको थियो । सो कार्यक्रमको लागी प्रत्येक आवेदकसँग पाँच सयको दरले फारम शुल्क लिइएको थियो । एसएमएस भोटिङका आधारमा आधारमा विजयी छान्ने व्यवस्था गरिएको सो कार्यक्रममा पहिलो सिजनमा प्रथम हुनेलाई एक लाख, दोस्रो सिजनमा प्रथम हुनेलाई दुईलाख पचास हजार, दोस्रोलाई पचास हजार र तेस्रोलाई १८ हजार नगद पुरस्कार दिने घोषणा गरिएको थियो । विजेतालाई पुरस्कार नदिई आयोजक सम्पर्कविहीन भएपछि पीडितहरुले महानगरीय अपराध महाशाखामा उजुरी समेत दिएका थिए । पीडितले दिएको उजुरीको आधारमा अछामीलाई बुधबार बागबजारबाट पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले अछामीसँगबाट ‘भी एण्ड भाइरस’ डान्स एकेडेमीको लोगो, छाप, फारम, देशव्यापी एकल नृत्य प्रतिस्पर्धा ‘डान्स नेपाल डान्स’ सिजन दुई को विजेतालाई नगद तीन लाख लेखिएको फोटोसहितको पोस्टर नौ थान बरामद गरेको छ ।
प्रहरीका अनुसार अछामीले पीडितहरुसँग प्रथम गराइदिन्छु भनी एसएमएस भोटिङ बढाउने भन्ने बहानामा लाखौं रुपैयाँ असुलेका थिए । साथै उनले सिजन तीनको लागि अडिसन लिने भनी काठमाडांैका विभिन्न विद्यालयहरुमा फारम वितरण गरी विद्यार्थीको अभिभावकहरुसँग विभिन्न शीर्षकमा पैसा असुल्दै आएको प्रहरीले बताएको छ । उनले कार्यक्रम चलाउनका लागि पार्टनरशिप गर्ने भनी विभिन्न व्यक्तिहरुसँग बिसौँ लाख पैसा उठाएको समेत खुल्न आएको प्रहरीले बताएको छ । मुलुकी ऐन ठगीको महलअनुसार ठगी गर्नेलाई ठगी लिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम र बिगो कायम नभएमा पाँच हजारसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने कानुनी प्रावधान रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका...

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै