logo

काठमाडौंमा सवारी आतंक


लक्ष्मण सिटौला
केही दिन अगाडि पाकिस्तानी राष्ट्रपतिको नेपाल भ्रमण भएको थियो । भोलिपल्ट जुनजुन रुटबाट सवारी चलाइएको थियो । ती रुटमा सवारी जाम अत्यधिक थियो । पाकिस्तानी राजदूतावास महाराजगन्जमा डेढ घन्टासम्म सवारी आवागमन रोकिएको थियो । कार्यलय समय पनि र स्कुल समय पनि त्यति नै बेला परेको थियो ।
स्कुल जाने विद्यार्थी हाम्रो दुई पिरियड छुट्यो भनेर स्कुलमा फोन गरिरहेका थिए । जागीर खाने कर्मचारी हाकिमले मार्नी भए भनेर आत्तिएका थिए । हस्पिटल जान लागेका बिमारीहरु डाक्टरको ‘एपोइन्टमेन्ट’ छुट्यो भनेर आत्तिएका थिए । महाराजगन्ज चाबहिल हुँदै एयरपोट पुग्ने यात्रुहरू हाम्रो लाइट नै छुट्यो भनेर चिच्याइरहेका थिए । ट्राफिकहरुको लाचारीपन प्रस्ट देखिन्थ्यो ।
नारायणगोपाल धापासी चोकको जाम बालाजु बाइपससम्म पुगेको थियो । यात्रु यति धेरै आतंकित देखिन्थे कि कुनै ठुलो दुर्घटना वा भवितव्य हुँदै छ जस्तो । यात्रुले सरकार र नेपाल ट्राफिकलाई यति धेरै गाली गरेको मैले पहिलो चोटि सुनें ।
सडकमा एउटा महाजात्रा थियोे ।
काठमाडौं उपत्यकाका ट्राफिक प्रमुखलाई मेरो निम्न प्रश्न छ ।
१ कार्यलय समयमा डेढ घन्टादेखि ट्राफिक आवागमन बन्द गर्दा त्यसको असरबारे तपाईंले सोच्नुपर्ने थियो ।
२. धापासीमा रोकिरहेको बसको चालकलाई आएर ट्राफिक भाइले दिएको धम्कीका कारणले मेरो दिमागले काम गरिरहेको छैन अझैसम्म । एक बित्ता अघि सरिस भने लाइसेन्स सस्पेन्स गर्दिन्छु । जबकि म त्यही बसमा छु र चालकले कुनै गल्ती नै गरेको थिएन । यो त सैनिक शासनमा पनि एउटा सिपाहीको यस्तो गर्जन नहोला कि बरु ?

३. विदेशी कुटनीतिज्ञको शान्ति सुरक्षाको जिम्मेवारी सरकारले लिने नाउँमा सडकको आवागमन बन्द गरेर होइन । ट्राफिक व्यवस्थापन सबल ढंगले गरेर पो हो त । सडकमा गुडिरहेको हजारौं हजार यात्रुलाई रोक्नु भनेको बगिरहेको त्रिशुली नदीको बहावलाई थुने जस्तै हो । जम्दै गएपछि वरिपरिको किनारलाई नै भत्काउँछ र पहिरो जान्छ । डेढ घन्टा बाटो रोकेपछि बस चालकहरुले नै विद्रोह गर्न खोजेका थिए । चालकले पनि यात्रुहरूको दवाब खप्न सकिरहेका थिएनन् । अहिले सामाजिक सञ्जालमा देख्छु आजको सवारी जामले १५ लाख नेपाली प्रभावित भए भनेर । आजको घटनाको जिम्मेवार कसले लिने ? र यस्तो लामोअवधि गाडी रोक्ने हो भने चालक र यात्रुलाइ पूर्व जानकारी दिने कि नदिने अवका दिनहरूमा ?

केही सुझाव
१. विदेशी कुटनीतिज्ञहरु आउँदा कुन रुट भएर सवारी चलाइने त्यसको पूर्व जानकारी दिनु आवश्यक छ । यो गरियो भने मानिसहरू आतंकित हुँदैनन्
२. अबको सवारी आवागमन काठमाडौंको सडकले थेग्न सक्तैन । त्यसैले वैकल्पिक व्यवस्थापन बेलैमा सोचौँ ।

३. कार्यलय समय र स्कुल समयमा सकेसम्म ‘भीभीआईपी’ सवारी तय नगरौँ जसले गर्दा लाखौं सडक प्रयोग कर्ताको कन्तबिजोग हुन्छ । आज जो देखियो ।

४. कम सवारी साधन गुड्ने रुटको प्रयोग गरौँ जसले गर्दा ट्राफिक व्यवस्थापन पनि सहज ढंगले गर्न सकिन्छ ।

५. सबल र सक्रिय ट्राफिकले सर्वसाधारणको आवागमन रोक्दैन बरु सहज ढंगले व्यवस्थापन पो गर्छ । सरकार विरोधी आवाज घन्किन्छ यदि यस्तै बेथिति भइरह्यो भने । लाखौं यात्रुलाई परेको आजको अव्यवस्थित ट्राफिक यातना बारे बुझौं सरकारले बोलाऊ विज्ञहरुलाई सोधपुछ गर उनीहरूलाई किनकि यस्तै लापरबाहीबाट नै देश अधोगतितिर जाने हो ।

६. निम्न सवारी साधनमाथि निगरानी राखौँ

ग्यासबाट सञ्चालित पुरानो ट्याम्पु तत्काल हटाउने र त्यसको बदलामा ठूलो खालका सवारी साधन आयातमा भन्सार छुट दिने भनेर घोषणा गरेको पनि धेरै समय भयो तर कार्यान्वयनमा आएको छैन । पुरानो र जीर्ण अवस्थामा सञ्चालित यी सवारी साधनहरु एयर्पोट केएमसी हस्पिटलदेखि रत्नपार्कसम्म चल्छन् । यी सवारी साधन पुरानो हुनाले आफैं सडकका बोझ बनेर गुडिरहेको देखिन्छन् । प्रायः महिला सवारी चालकद्वारा सञ्चालित हुनाले संयमता अपनाएको त देखिन्छ तर सवारी साधन नै थोत्रो भएकोले कुनै पनि बेला अप्रीय घटना घटन सक्छ । सचेतता अपनाउन जरुरी छ ।

मोटर साइकल

मोटरसाइकल युवा उमेर समूहले चलाउने भएकोले कसैले पनि लेन अनुशासनको दायित्व बहन गरेको देखिँदैन । निश्चित समयमा पुग्नका लागि मोटरसाइकल भरपर्दो सवारी साधन हो तर अनियन्त्रित रूपमा यसको आयात गर्नाले सडक नै मोटरसाइकलले भरिएको देखिन्छ । नेपाल सरकारले कर असुल्ने नाउँमा बाइक आयातमा कोटा निर्धारण गर्नु जरुरी भइसकेको छ । बाइक चलाउने सडक छैन अब काठमाडौं उपत्यकामा । त्यो माथि पनि चर्काे आवाज भएको बाइकको कर्कस ध्वनि यति घातक छ कि त्यसले गर्दा पैदल यात्रुको मर्का सरकारले बुझेको छैन । मोटरसाइकल चालकलाई लेन अनुशासन र आयातमा नियन्त्रण गर्नु धेरै हतार भइसकेको छ ।

माइक्रो बस

माइक्रो बसको दादागिरीको बारेमा मैले पटकपटक लेख प्रकाशित गरिसकेको छु । जथाभावी रोकिदिने र जहाँतहीँ यात्रु टिप्नेमा नम्बर एक माइक्रो बस । अनियन्त्रित गतिमान चलाउने , यात्रुलाई धम्क्याउने , भाडामा एकरुपता कायम नगर्ने, महिला यात्रुलाई सम्मान पूर्वकको व्यवहार नगर्ने जस्ता थुप्रै दुर्गुणहरु छन् । माइक्रो बस चालकमा यसमा नियम सङ्गत निगरानी राख्न जरुरी छ ।

मालबाहक ट्रक सहर प्रवेश समय तालिका

केही महिनाअगाडि मालबाहक ट्रकहरुलाई रिङरोड र सहर प्रवेशको समय तालिका दिएको थियो । बिहान सात बजेसम्म र साँझ आठ बजेपछि मात्रै प्रवेश टाइम तोकेको थियो । तर, त्यो नियम अहिले कार्यान्वयनमा आएको छैन । कार्यालय समयमा भारी ट्रकहरु रिङरोडमा बाटो जाम गर्दै दौडिरहेको देखिन्छ । नियमन निकायले तोकेको समय तालिकालाई फलो नगर्ने सवारी धनीहरुलाई कारबाही किन नगरेको ?


सडकको लेन उपयोगमा कडाइ

सडक लेन मिचेर सवारी कुदाउने चालकलाई ज्यान मुद्दा सरहको कारबाही गर्नुपर्छ । विदेशमा सवारी लेन मिच्ने चालकलाई सख्त कारबाही हुन्छ । दायाँबाट होइन बायाँ बाट लेन मिच्ने पनि छन् । सवारी अनुशासनबारे स्कुल कलेजको पाठ्यसामग्रीमा नै समावेश गरी अध्ययन गराउने र त्यही प्रकारको दक्ष जनशक्ति उत्पादन गरियो भने अवश्य नै सवारी दुर्घटनामा विस्तारै कमी आउनेछ ।

ट्राफिक बत्तीको प्रयोग

ट्राफिक बत्तीको उपयोग नेपालमा कथा भइसकेको छ । पञ्चायत कालखण्डमा उपत्यकाको व्यस्त सबै सडकमा ट्राफिक बत्तीको प्रयोग थियो । प्रजातन्त्रसँगै कतिपय उद्दोग धन्धा र राम्रा नियमहरु हामीले मिच्ने काम ग-यौँ । बहुदलीय संस्कृतिले हामीलाई मानवीय स्वतन्त्रता त दियो तर त्यसको दुरुपयोग पनि त्यत्तिकै ग-र्यौ र परिणाम दिन दिनै नराम्रो निस्किरहेको छ । त्यो बेला सबले लेन अनुशासनको पालना गर्थे । ट्राफिक देखेपछि सब डराउँथे बत्तीको उपयोग पनि हुन्थ्यो । अहिले सडकमा ड्युटीमा बसेको ट्राफिकलाई कुटपिट गर्न बेर लाउँदैनौं हामी ।

नियन्त्रण र नियमन निकाय कमजोर हुँदै गएको छ । त्यसैगरी सडकको वैज्ञानिक उपयोग, जथाभावी युट्रन, ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम, जेब्रा क्रसिङ र पैदल यात्रु, महिला सवारी चालकलाई प्रोत्साहित जस्ता कुरामा सरकारले ध्यान दिनु जरुरी भइसकेको छ । जति पनि महिला सवारी चालक छन् । उनीहरुमा लेन अनुशासन, सडक उपयोग, भीडमाथिको संयमता, धैर्य, बोलाइमा मिजास र सवारी साधनमाथि पूर्ण नियन्त्रण पाएको छु । सार्वजनिक यातायात सञ्चालनमा महिला चालकलाई र महिला कन्डक्टरलाई विशेष प्राथमिकता दिनुपर्छ । पुरुष चालकमा भन्दा महिला चालकमा सीप क्षमता र संयमशीलता धेरै हुन्छ । सरकारले महिला सवारी चालक वृद्धिमा ध्यान पु-यायो भने अवश्य पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा राम्रो सुधार ल्याउन सक्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै