logo

डोल्पाको करोपगाडसम्म पुग्यो गाडी


दुनै, डोल्पा, फागुन ३०

हिमाली जिल्ला डोल्पाको करोपगाडसम्म यातायात सञ्चालनमा ल्याइएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म सोमबारदेखि यातायात सञ्चालन भएको हो । सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत त्रिवेणी बजारदेखि करोपगाडसम्मको पाँच किमी सडकखण्ड निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको यहाँ स्थित नेपाली सेनाले जनाएको छ । डोल्पालीले यातायात नुहुँदा भोग्नुपरेको समस्या मध्यनजर गर्दै त्रिवेणी–करोपगाड खण्डमा आन्तरिक यातायातको रुपमा जिप, ट्याक्टर लगायतका हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डको कूल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ किमी सडक निर्माण भइसकेकोे छ । सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल विश्बन्धु पहाडीले जानकारी दिए । करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्ला बाहिरको यात्रासमेत छोटिएको छ । सडकले छिचोलिन थालेपछि पैदल हिँडेर जाँदा चार दिनसम्म लाग्ने नेपालगञ्ज, सुर्खेत यात्रा छोटिएर अब दुई दिनमा झरेको त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीयवासी कृष्णचन्द्र पाण्डेले जानकारी दिए ।

सडक यातायात पुगेपछि डोल्पाको एकमात्र यातायात साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हप्तौ कुरेर हबाइजहाजको टिकट लिनुपर्ने बाध्यता समेत टर्न थालेको उनले बताए । पहाडीले भने, “बाँकी तीन किमी सडकखण्ड चट्टानै चट्टान भएकाले एकदमै चुनौतीपूर्ण छ, थुप्रै चुनौतीका बाबजुद् पनि सेनाले हार नखाएर निर्माणकार्यमा अहोरात्र खटिरहेको छ ।” “आगामी दशैँसम्ममा डोल्पाको दुनैसम्म बाटो खुलाएर डोल्पाली जनताको वर्षौदेखिको सडक सपना साकार पार्ने लक्ष्य अनुरुप सेना अघि बडिरहेको छ” पहाडीले थपे । अहिले श्रीवीण्डे–खदाङ तीन किमी सडकखण्डमा काम भइरहेको छ, यस खण्डको बिचमा चिप्ले, फोई, फूलपानी भिर,चुँ गाडभिर लगायतका दर्जनौं कडा चट्टनयुक्तभिर पहरा फुटाउनका लागि सेनाले विभिन्न ठाउँमा निर्माण क्याम्प खडा गरेर तीव्र रुपमा काम अगाडि बडाइरहेको छ । जाजरकोट–डोल्पा सडकखण्डको जिरो पोइन्ट जारकोटको पासगाडदेखि श्रीविण्डे बजारसम्मको ९० किमी सडक निर्माण गरिएको सेनाले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मारुती सिमेन्टद्वारा निःशुल्क दुर्घटना बीमा

मारुती सिमेन्ट लिमिटेडले राजमिस्त्रीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च उपलब्ध गराउने भएको छ ।...

हुण्डाई गाडी किन्नेलाई स्वास्थ्य बीमा

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाई...

‘ओप्पो आर१७ प्रो’ यही २९ गतेदेखि बजारमा

स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आधिकारिक रुपमै आर शृंखलाका मोबाइलहरु नेपालमा सार्वजनिक गर्ने भएको छ । नयाँ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै