logo

मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो


मलेखु, धादिङ, फागुन ३०

मापदण्ड विपरित बालुवा प्रशोधन मेसिन र क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले ती उद्योगकोे विद्युत् लाइन काटिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वमा गएको टोलीले सरकारले निर्धारण गरेको मापदण्ड विपरित प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी बालुवा उत्खनन र प्रशोधन गर्ने गरेको देखिएपछि ती उद्योगको विद्युत् लाइन काटिएको हो । पृथ्वीराजमार्गको २५ मिटर क्षेत्रभित्र सञ्चालित तथा मापदण्ड नपुगेका उद्योगले नदी धमिलो हुनेगरी प्रदूषण गराएको, धुलो धुवाँले गाउँवेँसी तथा बजारवासीलाई स्वास्थ्यमा समेत प्रतिकूल असर पु-याएकाले त्यस्ता उद्योगलाई वैधानिक बाटोमा ल्याउन कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

टोलीले मापदण्ड विपरित राजमार्ग आसपास क्षेत्रमा सञ्चालित ६३ वटा बालुवा प्रशोधन मेसिनमा जोडिएको बत्तीको लाइन काटिएको छ भने २९ वटा क्रसर उद्योगको विद्युत् लाइन पनि काटिएको छ । आठवटा ट्रान्सफरमरबाट जोडिएका क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन गर्दै आएकाले यस्ता उद्योगको लाइन पनि काटिएको हो । कर छलेर उद्योग सञ्चालन गर्ने, अत्याधिक रुपमा खानीबाट बालुवा तथा अन्य खानीजन्य सामग्री उत्खनन गर्ने, त्रिुशूली नदीमा ठूला मेसिनको प्रयोगले उत्खनन गर्ने गरिएको तथा सरकारले तोकेको मापदण्ड विपरित सञ्चालित उद्योगलाई कारबाही शुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताए। रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि...

आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई ग्राण्डी अस्पतालमा छुट

आईएमई लिमिटेड र ग्राण्डीअन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्यसेवासम्बन्धी सम्झौता भएको छ...

हुण्डाईको आई ट्वान्टी एक्टिभ फेसलिप्ट नेपालमा

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. नेपालको लागि हुण्डाईको आधिकारिक डिलरले आई ट्वान्टी एक्टिभ फेसलिप्ट लन्च...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै