logo

लनटेनिसको उपाधि रोहितलाइ


काठमाडौँ, फागुन ३०

‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि काठमाडौँका रोहित सुनुवारले जितेका छन् । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा सुनुवारले काठमाडौँकै राजु श्रेष्ठलाई ६–४ र ६–३ अंकले पराजित गरे । त्यस्तै ६५ वर्षमाथिको उमेर समूहको भेट्रान्स एकलतर्फको फाइनलमा काठमाडौँका ज्ञानेन्द्रमान ताम्राकारले काठमाडौँकै दीपक श्रेष्ठलाई ४–० र ४–२ अंकले पराजित गरे । भेट्रान्स अन्तर्गत ५५ वर्षमाथि एकलतर्फको उपाधि मकवानपुरका कमल थापाले जिते । उनले ललितपुरका कृष्णराज घलेलाई २–६, ६–२ र १०–८ अंकले पराजित गरे । आजै सम्पन्न चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा एपिएफका दीपेश धामीले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २१–१६ र २१– १६ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

अर्को सेमिफाइनलमा आर्मीका रत्नजित तामाङले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७ र २१– १० अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र न्यू–डाइमण्ड एकेडेमी विजयी भएका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौँलाई २५–९, २५–३ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । उक्त खेलमा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भइन् । त्यस्तै न्यू–डाइमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१, २५–३ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । उक्त खेलमा न्यू–डाइमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच घोषित भइन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै