logo

ब्रिटिश वैज्ञानिक स्टेफन हकिङको निधन


लन्डन, फागुन ३०,एएफपी

ब्रिटिश वैज्ञानिक प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन भएको छ । उनी ७६ वर्षका थिए । उनको परिवारले जनाएअनुसार उनको बुधबार निधन भएको हो । उनी एकजना सुप्रसिद्ध भौतिशास्त्री थिए । हकिङले सन् १९८८ मा लेखेका ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ संसारमा नै धेरै बिक्रि हुने पुस्तकमा परेको थियो । भौतिकशास्त्र सम्बन्धमा ठूलो ज्ञान भएका उनले यस क्षेत्रको ‘ब्ल्याक होल’ र सापेक्षताबारेमा कैयौँ शोधहरु गरेका थिए । उनले भौतिक विज्ञानसम्बन्धी कैयौँ विश्वप्रसिद्ध पुस्तक लेखेका छन् । उनका तीन छोराछोरीले बुधबार विज्ञप्ति प्रकाशन गरेर उनको निधनको जानकारी गराएका छन् । उनका तीनजना छोराछोरी लुसी, रबर्ट र टिमले उक्त विज्ञप्तिमा भनेका छन ‘हाम्रा प्यारा बुवाको आज निधन भएकाले हामी अत्यन्तै दुःखी छौँ’ । सो विज्ञप्तिमा उनीहरुले उनी महान् वैज्ञानिक र असाधारण व्यक्ति हुन् भनेका छन् । उनका कृतिहरु, काम र योगदान आगामी धेरै समयसम्म पनि जिउँदो रहने छ उनीहरुले भने । उक्त विज्ञप्तिमा उनीहरूले आफ्ना पिताको ‘साहस र दृढता’ को निकै प्रशंसा गर्दै उनको प्रतिभाले संसारका मानिसहरूलाई नै उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनलाई २१ वर्षको उमेरमा नै शरीरका अंगहरु नचल्ने एक दुर्लभ प्रकृतिको रोग लागेको थियो । त्यसपछि चिकित्सकहरुले उनलाई केही वर्षमात्र बाँच्ने घोषणा गरेका थिए । त्यसको केही वर्षपछि उनी शारीरिक रुपमा अशक्त भए र ह्वीलचियरको सहायतामा रहेका थिए । उनी पछिल्लो समयमा पक्षाघात भएर घरैमा बसेका थिए । शारीरिक रुपमा उनी केही गर्न सक्ने अवस्थामा थिएनन् । उनी ह्वीलचियरको सहायताले मात्र यताउती गर्नसक्ने अवस्थामा रहेका थिए । विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनका पुस्तकहरु भौतिक विज्ञान विषयका लागि विश्वमा नै लोकप्रिय छन् । उनी शारीरिक रुपमा अशक्त मानिसले पनि अनुसन्धान, अध्ययन एवम् अरु प्राज्ञिक क्षेत्रमा कतिसम्म गर्नसक्छ भन्ने विषयमा विश्वमा नै एक उदाहरण बनेका थिए । सन् १९४२ को जनवरी ८ मा जन्मिएका उनलाई विश्वका सुप्रसिद्ध वैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र सर आयज्याक न्युटनपछिका वैज्ञानिकका रुपमा तुलाना गर्ने गरिन्थ्यो । उनलाई यी प्रसिद्ध वैज्ञानिकसँग तुलना गरेर हेर्ने गरिएकोले पनि उनी विश्वप्रसिद्ध भएका थिए । उनलाई सन् १९७९ मा क्याम्ब्रिज विश्वविद्यालयको गणितको प्राध्यापकका रुपमा नियुक्त गरिएको थियो । पछि उनी स्वअध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयमा गएका थिए । उनका विज्ञान, भौतिक विज्ञान तथा गणितका पनि निकै लोकप्रिय पुस्तक र खोजहरु रहेका छन् । उनको निधनले देशलाई ठूलो क्षति पुगेको यहाँका प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुले बताएका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो...

दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरिया प्रस्थान

दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ ।...

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने

युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट)को निर्णयमा पुनर्विचार गर्न...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै