logo

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई चेम्वरको सामूहिक अभिनन्दन

काठमाडौ फागुन ३०
मुलुकभरका सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढ्न तत्पर रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले ‘संघीय संरचनामा आर्थिक समृद्धिका अवसर’ नाराका साथ नवनिर्वाचित मुख्य मन्त्रीहरुको सम्मानमा बुधबार गरिएको अभिनन्दन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीहरुले निजी क्षेत्रसँंगको सहकार्य विना मुलुकको आर्थिक विकास सम्भब नहुने बताएका हुन ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँंगै मुलुकले समृद्धिको यात्रा तय गरेको बताए । प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्धीले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताएका छन् । त्यस्तै कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अव कुरा गर्ने होइन, काम गर्ने समय आएको बताए । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ्गले प्रदेशमा कर्मचारीहरुको अभाब समस्याको रुपमा देखिएको जानकारी दिए । कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धिको आकांक्षा बोकेर एकात्मक राज्य व्यवस्थाको ठाउँंमा संघीय राज्यको व्यवस्था भएकोले अवको एजेन्डा आर्थिक समृद्धि मात्रै भएकोमा जोड दिएका थिए । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशको विकास आफनो मुख्य एजेन्डा रहेको बताउँंदै पिछडिएको प्रदेश भएकोले अवसरै अवसर देखेर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भटले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँंग सहकार्य गर्न आफूहरु सवैजना तत्पर रहेको बताए ।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले जहाँं अधिकतम सुविधा छ, त्यही निजी क्षेत्रले लगानी गर्ने र लगानीले नै स्थानीय रोजगारी सृजना गरी राजश्व पनि बुझाउने भएकोले यसतर्फ मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । प्रदेश अनुसार नेपालमा पर्यटन, हाइड्रो, कृषि, जडिवुटी, खानी, उत्पादनशिल उद्योगको सम्भावना वढी रहेको चर्चा गर्दै सवै प्रदेशमा पर्यटनको सम्भावना भएकाले यसतर्फ पनि ध्यान जानुपर्नेमा जोड दिए । मुलुक संघीय व्यवस्थामा गएसँंगै नेपाल चेम्वर अफ कमर्सले पनि सोही अनुसार विधान संशोधन गरी गाउँं, नगर, जिल्ला र प्रदेश चेम्वर अफ कमर्स बनाएको जानकारी दिंदै अव चेम्वरले स्थानीयस्तरसम्म बृहत आर्थिक बहस कार्यक्रम सुरु गर्ने र सरकारी निकायसँंग समन्वय गरी अगाडि वढ्ने योजना रहेको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

जिल्ला सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा म्याद गुज्रेका खाद्यवस्तु छ्याप्छ्याप्ती भएको पाइएपछि एक वर्षपछि...

आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई ग्राण्डी अस्पतालमा छुट

आईएमई लिमिटेड र ग्राण्डीअन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्यसेवासम्बन्धी सम्झौता भएको छ...

हुण्डाईको आई ट्वान्टी एक्टिभ फेसलिप्ट नेपालमा

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. नेपालको लागि हुण्डाईको आधिकारिक डिलरले आई ट्वान्टी एक्टिभ फेसलिप्ट लन्च...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै