logo

ताप्लेजुङमा हिउँ पर्ने क्रम वर्सेनि घट्दै


ताप्लेजुङ, फागुन ३०

जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि केही वर्षअघिसम्म चाँदीझैँ टल्किने ताप्लेजुङका हिमाल अहिले काला पहाडमा परिणत हुँदै गएका छन् । वर्षभरि नै हिउँले ढाकिएर टल्किँदै आएका हिमालमा समेत हिउँ घट्न थालेको छ । ‘दुई दशक अघिसम्म ताप्लेजुङ सदरमुकामसम्म नै हिउँपर्ने गथ्र्यो, नजिकैको सुकेटार र प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र पूरै हिउँले ढाकिएको हुन्थ्यो, जिल्लाका उच्च हिमाली क्षेत्र हिउँदका तीन महिनासम्म सेताम्मे देखिन्थे’ ताप्लेजुङ सदरमुकाम फुङ्लिङका डिल्लीरमण बरालले आफ्नो अनुभव सुनाए । उनी भन्छन्,“वर्सेनि हिउँ पर्ने क्रम घट्दै गएर हिउँपर्ने मध्य मौसम पुस माघमा पनि हिमाली क्षेत्र ढाकिने गरी हिउँ नपरेपछि पहिलेका अनुभव सुनाउदा कथा जस्तो हुन्छ ।” अर्का सदरमुकामवासी यिगेन्द्र गुरुङले समेत पहिलाको तुलनामा हिउँ पर्ने क्रम वर्सेनि घट्दै गएको बताए ।

दुई दशकअघिसम्म ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा हिउँदका तीन महिना सधैंँजसो हिमपात हुन्थ्यो । सुकेटार विमानस्थलमा हवाई सेवा नै लामो समयसम्म अवरुद्ध हुन्थ्यो । तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा क्षेत्रमा त असोजदेखि फागुन अन्तिमसम्म नै हिउँले ढाक्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । ताप्लेजुङबासी मज्जाले हिउँमा खेल्न पनि पाउन छाडेका छन् । वर्षेनी हिमपात हुने क्रम घटेसँगै ताप्लेजुङका हिमाल काला पहाडमा परिणत हुन थालेका हुन् । विश्वकै तेस्रो अग्लो कञ्चनजंघासहित कुम्भकर्ण लगायतका हिमालमा पनि बाक्लो हिउँ पर्न छाडेको छ । हिउँ नै पर्न छाडेपछि हिमाली क्षेत्रको सुन्दरता मात्रै घटेको छैन, हिमाली क्षेत्र उराठ लाग्दो पनि बन्दै गएको स्थानीयवासी बताउँछन् । हिमाल हेर्न र हिउँ खेल्न ताप्लेजुङमा पुग्ने गरेका पनि आजभोलि निराश भएर फर्किने गरेका छन् ।

स्थानीय सञ्चारकर्मी सीताराम गुरागार्इंले भने’ “केही वर्ष अघिसम्म पुस माघमा पाथीभरा दर्शनमा जाँदा हिउँ खेलेर फर्किने गरिन्थ्यो, तर अहिले हिउँ खेल्ने गरी हिउँ देख्न पाइएन ।” वातावरण सम्बन्धी जानकारका अनुसार हिउँ नपर्दा हिमाली क्षेत्रको सुन्दरता त मेटिएको छ नै यसले वातावरणमा पार्ने प्रभाव पनि निकै खतरनाक रहेको छ । हिउँ नपर्दा हिमाली क्षेत्रका वन्यजन्तु र वनस्पतिलाई प्रत्यक्ष असरपर्छ । हिउँ नपर्दा हिउँको चिस्यानले हुर्कने बोट बिरुवा मासिँदै जान्छन् भने हिउँमा नै बस्ने वन्यजन्तु पनि विस्थापित हुन्छन् । कतिपय वनस्पति लोप हुने अवस्थामा पुगेको उनीहरुको दाबी छ । यता हिउँसँग आश्रित किसानको जीविकोपार्जनमा समेत समस्या आउन थालेको छ । फक्ताङलुङ गाउँपालिका–१ ओलाङचुङगोलाका छेतेन शेर्पाले भने’–“हिउँ नपर्दा चिस्यान छैन, चिस्यान नहुँदा हिमाली क्षेत्रमा लगाइने आलु, गहुँ, जौ जस्ता बालीनाली समेत फस्टाउन सकेको छैन, यसले गर्दा हिमाली क्षेत्रका किसान मारमा परेका छन् ।” विश्वको तापमान वृद्धिका कारण हिउँ नपर्ने, खडेरीपर्ने, समयमा वर्षा नहुने जस्ता समस्या देखिने गरेको वातावरणविद्हरुको भनाई छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै