logo

जिल्ला सहकारी संघको स्वर्ण महोत्सव हुने


धुलिखेल, फागुन ३०

जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आगामी चैत २९ गते स्वर्ण महोत्सव मनाउने भएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा पत्रकार सम्मेलन गरी जिल्ला सहकारी संघ स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव गर्न लागिएको जनाइएको छ । ‘समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान’ नाराकासाथ महोत्सव मनाउन लागिएको हो । संघले २५१ सदस्यीय सहकारी स्वर्ण महोत्सव मूलसमारोह समिति गठन गरिसकेको छ । “हामीले मूलसमारोह समिति गठन गर्नुका साथै ३१ सदस्यीय व्यवस्थापन समिति र सम्मान तथा पुरस्कार छनोट समिति, प्रदर्शनी व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, गोष्ठी व्यवस्थापन, ¥याली व्यवस्थापन, अतिरिक्त क्रियाकलाप सञ्चालन एवं मूल्यांकन तथा प्रतिवेदन तयारी समिति लगायतका समिति गठन गरिसकेका छौंँ,” संघका अध्यक्ष विनोद पराजुलीले भने ।

जिल्लाका उत्कृष्ट काम गर्ने सहकारी तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्ने सघंले तयारी गरेको जनाएको छ । सोही अवसरमा जिल्ला सहकारी संघको भवन शिलान्यास गर्ने तयारी भइरहेको मूलसमारोह समितिका संयोजक पराजुलीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले संघले महोत्सवको नाममा महोत्सव मात्रै गर्ने नभइकन जिल्लामा कतिवटा सहकारी संस्था खुलेको छ, ती सबै सहकारीबाट दैनिक वा मासिक कति रकम बचत हुन्छ र त्यसबाट अर्थतन्त्रमा कतिको टेवा पु¥याइरहेको छ, भन्ने कुरालाई पनि खाकासहित तयार गरेर प्रस्तुत गर्न आवश्यवक रहेको बताए । तिमल्सिनाले जिल्लामा सहकारीमार्फत गर्न सकिने सम्भावित आत्मनिर्भरताको विषयलाई पनि उठान गर्नुपर्ने बताए । जिल्ला सहकारी संघमा हालसम्ममा एक हजार ४९५ वटा सहकारी संस्था आवद्ध रहनुका साथै बचत तथा ऋण, दुग्ध, तरकारी, बहुउद्देश्यीय, कृषि, उपभोक्ता तथा कफी सहकारी गरी सातवटा विषयगत सहकारी संस्था आवद्ध छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपालका जाति, भाषा र संस्कृति – १४

बहुभाषिक, बहुसांस्कृतिक बहुलजातीय नेपालमा मुख्यतया किराँतहरु नै यहाँका आदिवासी जाति हुन् । प्राचीनकालका...

परमाणुको उपयोगबाट विकासको लक्ष्य हासिल गर्न सकिनेमा जोड

परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सकिनेमा...

सुन्दै अचम्म लाग्ने परम्परा : ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन

सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै