logo

साहित्यकार नकःमिको इच्छा मृत्युपछि पूरा


भक्तपुर, फागुन ३०

नेपाल भाषाका वरिष्ठ साहित्यकार एवं नाट्यकर्मी स्व रामशेखर नकःमिको इच्छा मृत्युपछि पूरा भएको छ । नेपाल भाषाको साहित्य रचना, नाटक लेखन, निर्देशन तथा विभिन्न टेलिचलचित्रमा अभिनय गरेका स्व नकःमिले नेपाल भाषामा लेखेका आफ्ना कृति नेपाली भाषामा अनुवाद गरेर धेरैले पढुन् भन्ने राखेको चाहना र इच्छा मृत्यु भएको वर्षदिन पछि मात्र पूरा भएको हो । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले समेत हाम्रा गुरु भन्ने साहित्यकार एवं कलाकार नकःमिको भक्तपुरस्थित घर भूकम्पले भत्किएपछि निकै समस्यामा पर्दै आएको बेला क्यान्सर रोगले समेत ग्रस्त बनाएपछि गत वर्ष फागुन १६ गते उनको निधन भएको थियो । आफू बाँचुञ्जेलसम्म आफूले लेखेको नेपाल भाषाको कृति अनुवाद गर्न नसके पनि अहिले भने उनको उपचारमा सहयोग जुटाउन गठन भएको रामशेखर ग्वाहालि पुचःले रामशेखरको चर्चित कथासंग्रह ‘सिमात फफ स्वः’ अर्थात ‘बिच्किएका रुखहरु’ नेपाल र नेपाली दुवै भाषामा संग्रहित गरी प्रकाशित गरेर बजारमा ल्याएको हो ।

कृतिमा ‘अगति’, ‘छगू देसय्ए कादेशमा’, ‘स्वर्ग व नरक, स्वर्ग र नरक’, ‘बाखं कथा’, ‘न्हुछे अरा न्हुछे दाजु’, ‘पासापिं साथीहरु’, ‘भैलः खः भैरव रथ’, ‘सिमात फफ स्वः विच्किएका रुखहरु’ गरी आठवटा कथाहरु समावेश गरिएका छन् । नेपाल भाषाको यी कथाको साहित्यकार चिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, धु्रव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब नेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापतिले अनुवाद गरेका छन् । कृतिका बारेमा नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपालीले कथा निकै मार्मिक र जीवन्त भएको बताउँदै उनले यो कथा संग्रहले उनको चाहनालाई पूरा गरिदिएको प्रतिक्रिया दिए । साहित्यकार मल्ल के सुन्दरले समाजमा रहेका जीवन्त पात्रको उपस्थितिले कथालाई मार्मिक र यथार्थपरक बनाइदिएको टिप्पणी गरे । अर्का साहित्यकार नरेन्द्र जोशीले साहित्यको क्षेत्रमा ठूलो योगदान दिने रामशेखरलाई राज्यले बेवास्ता गरेको गुनासो गरे । कृति प्रकाशक पुचः का संयोजक नरेन्द्रभक्त हाडाले राम शेखरका अन्य साहित्य कृतिको प्रकाशन र नाटकको मञ्चन गर्ने गरी पुचःअगाडि बढेको बताए । उनले पञ्चायतको समयमा पनि राजा विरुद्ध कथा र गीतहरु लेखेर जनताको माझ पुग्ने रामशेखरको योगदानको भक्तपुरका स्रष्टाले विर्सन नहुने बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै