logo

कक्षा कोठा अभावमा भ-याङमुनि कक्षा सञ्चालन



बाबियाचौर, म्याग्दी, फागुन ३०

म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भ¥याङमुनि राखेर पढाउने गरिएको छ । विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाँ छकोठे पक्की भवन बनाइए पनि कार्यालय र पठनपाठन सञ्चालनका लागि दुईवटा कोठाको अभाव भएको हो । कोठा अभावका कारण कक्षा ४ का विद्यार्थीलाई नयाँ भवनको पहिलो तलाको भ-याङमुनि राखेर पठाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक युकुमार गर्बुजाले बताए । उक्त कक्षामा २० जना विद्यार्थी छन् । भ¥याङमुनि बसेर पढ्दा चिसोमा जाडो हुने, गर्मीमा घामले पोल्ने र पानी पर्दा बाछिटाले रुझाएर असजिलो हुनेगरेको विद्यार्थीले गुनासो गरेका छन् । प्रअ गर्बुजाका अनुसार स्रोतकेन्द्रको कार्यालयलाई विद्यालयको प्रशासनिक र शिक्षक कर्मचारीको कक्षका रुपमा प्रयोग गरिएको छ ।

उक्त विद्यालयमा हालै जिल्ला शिक्षा कार्यालयको रु ४८ लाख र विद्यालयको २२ लाख रुपैयाँको लागतमा ६ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो । २०७२ सालको भूकम्पका कारण पुरानो आठकोठे भवन जीर्ण बनेपछि पुनःनिर्माण गरिएको हो । उक्त विद्यालयमा रहेका दुईदुई कोठे दुईवटा ब्लक भवनमध्ये एउटामा छात्रावास र अर्कोमा कार्यालय तथा स्टोर सञ्चालन गरिएको छ । पुरानो चारकोठे र नयाँ छकोठे भवनमा बालकक्षादेखि कक्षा दशसम्मका विद्यार्थीका लागि ११ वटा कोठा आवश्यक रहेको छ । नयाँ भवनका दुईवटा कोठा कम्प्युटर ल्याब र पुस्तकालयका लागि प्रयोग भएको छ । नयाँ भवनमा तला र चारवटा कोठा थप गर्न पहल गरिएको प्रअ गर्बुजाले बताए । उक्त विद्यालयमा २९३ जना विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै