logo

महोत्तरीको आधा दर्जन गाउँको वनमा निलगाई फेला


गौशाला, फागुन ३०

महोत्तरीको दक्षिण पश्चिम सीमावर्ती आधा दर्जन गाउँमा एक्कैसाथ १०० भन्दा बढी निलगाई फेला परेको छ । भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँहरुमा १०० भन्दा बढीको संख्यामा दुर्लभ वन्यजन्तु निलगाई देखिएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयले यसअघि कहिले नदेखिएको गाईजस्तो देखिने तर निलो रङको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि त्यसलाई देख्नका लागि स्थानीयवासीको ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताए । ती निलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलकाहुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवेधश कापरले बताए । सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वन नजिकको सबै बालीनाली नष्ट गर्न लागिपरेको छ ।

करिब एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँको बालीनाली नष्ट पारिरहेको गैंढाभेटपुरका वीरेन्द्र यादवले बताए । जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा पानीको स्रोतको अभाव, डढेलो र चोरी शिकारीजस्ता क्रियाकलापले तीव्रता पाएको कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीको आशंका छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको...

चीन भ्रमण उत्साहजनक भइरहेको छ ः महासचिव पौडेलबुटवल

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको...

जनतामुखी सेवा र पूर्वाधारमा प्रदेश सरकारको जोड

पोखरा लेखनाथ महानगरपालिकाले आसन्न तेस्रो नगरसभामा लैजाने नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयमा प्रदेश...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै