logo

अमेरिकाले रोक्यो अहिलेसम्मकै सबैभन्दा ठुलो प्रविधि सम्झौता

एजेन्सी
वासिङटन, फागुन ३०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप्सनिर्माता कम्पनी क्वालकोमको बिक्रीको सम्झौतालाई रोकेका छन् । मुलुकको सुरक्षाको विषयलाई देखाउँदै उनले सिँगापुरको कम्पनीसँग भएको सम्झौता रोकेका हुन् । ट्रम्पले एक खर्ब ४० अर्ब अमेरिकी डलरबराबरको यो सम्झौताले अमेरिकाको सुरक्षामा गम्भीर चुनौती आउनसक्ने बताएका हुन् ।
अहिले अमेरिकाले सुरक्षाको कारण देखाउँदै यो सम्झौता रद्द गरेको भए पनि अमेरिका चीन प्रविधिको क्षेत्रमा ५जी ल्याउनमा चीनभन्दा पछि पर्नसक्ने आशंकाको कारण यो सम्झौता रोकिएको बताइएको छ । उक्त सम्झौता पारित भएको खण्डमा यो अहिलेसम्मकै सबैभन्दा ठुलो प्रविधिको सम्झौता बन्ने थियो । सिँगापुरको कम्पनी ब्रोडकमले क्वालकोमलाई खरिद गरेको खण्डमा यो कम्पनी विश्वको तेस्रो सबैभन्दा ठुलो माइक्रोचिप्स खरिद गर्ने कम्पनी बन्ने थियो । यद्यपि अझै पनि कम्पनी इन्टेल र सामसुङ कम्पनीभन्दा भने पछाडि नै रहने देखिएको थियो ।
पछिल्लो समय चिप्स निर्माता कम्पनीहरु पछिल्लो पुस्ताको इन्टरनेट विस्तारको दिशामा तीव्र गतिमा अघि बढिरहेका छन् । यस्तो अवस्थामा विशेषगरी क्वालकोम यो क्षेत्रमा केही अगाडि रहेकोले पनि सिँगापुर कम्पनीले यो सम्झौता गरेको हो । यद्यपि यस क्षेत्रमा ब्रोडकोम र हुवावे कम्पनीले विशेष किसिमको योजना अघि सारेका छन् । चिनियाँ कम्पनी पनि तीव्र गतिमा यस किसिमको प्रविधि विस्तारको क्रममा रहेको अवस्थामा रहेको कारण अमेरिका चीनसँग हच्किएको हो ।
विश्लेषकहरुका अनुसार अहिले क्वालकोम कम्पनी ५जी प्रविधि विस्तारको लागि पूर्णरुपमा प्रतिबद्ध भएर अघि बढिरहेको अवस्थामा यस किसिमको सम्झौता रोकिनु अर्थपूर्ण रहेको छ । यसै क्षेत्रमा हुवावे पनि निकै अगाडि रहेको छ । ब्रोककोम कम्पनी भने यस आफ्नो सम्पत्ति बिक्री तथा खरिद बिक्रीको क्षेत्रमा अगाडि रहेको छ ।
विश्लेषकहरुका अनुसार क्वालकोम र ब्रोडकोमको सम्झौता भएको खण्डमा हुवावे कम्पनीलाई विश्व बजारमा पहिलो स्थानमा राज गर्नका लागि बाटो खुल्नसक्ने देखिन्छ । यस किसिमको आशंकाबाट पार पाउनका लागि अमेरिकाले यो सम्झौता रोक्ने निर्णय गरेको हो । केहीले भने अहिले ट्रम्पले अघि सारेको सम्झौता वास्तवमा सुरक्षाको चुनौती समाधानको लागि भन्दा पनि प्रतिस्पर्धाबाट चिनियाँ कम्पनीलाई रोक्नका लागि रहेको बताएका छन् । पछिल्लो समय अमेरिका तथा अन्य क्षेत्रहरुमा देखिएको राजनीतिक वातावरणले पनि व्यापारिक सम्बन्धहरु साँघुरो बन्दै गएको विश्लेषकहरुको भनाइ रहेको छ ।
५जी इन्टरनेट विस्तारको लागि क्वालकोमजस्ता अर्धधातुहरुबाट चिप्स निर्माण गर्ने कम्पनीहरु निकै महत्वपूर्ण हुन्छन् । यस्तोमा यो सम्झौता रोकी अमेरिकाले अन्य क्षेत्रमा विस्तार हुन गइरहेको ५जी को प्रविधि केही समयका लागि भए पनि पछि छाड्दै अन्य मुलुकलाई यसको जस लिन नदिने योजना रहेको देखिएको छ । यसअघि अमेरिकाले चिनियाँ कम्पनीमाथि नियमितहरुपमा व्यापारिक सम्झौता रोक्ने निर्णय गरेको थियो । केही समयअघि चिनियाँ कम्पनी हुवावेले निर्माण गरेको स्मार्टफोन पनि अमेरिकामा बिक्री गर्न नदिने निर्णय गरेको थियो । त्यसका साथै अमेरिकाले मनिग्राम र चिनियाँ कम्पनी एन्टको बीचमा हुन गइरहेको सम्झौता पनि रोकेको थियो । उक्त सम्झौता एक अर्ब २० करोड अमेरिकी डलरबराबरको रहेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो...

दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरिया प्रस्थान

दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ ।...

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने

युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट)को निर्णयमा पुनर्विचार गर्न...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै