logo

विश्वको आर्थिक वृद्धिदर सात वर्षकै उच्च रहने

एजेन्सी
पेरिस, फागुन ३०
सन् २०१८ को समग्र अवधिमा विश्वको आर्थिक वृद्धिदरको नतिजा सात वर्षयताकै सबैभन्दा उच्च रहने एक विवरणले देखाएको छ । अर्थतन्त्रको क्षेत्रमा काम गर्दै आएको संगठन ओईसीडीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय व्यापार तथा लागानीमा देखिएको उल्लेख्य सुधारको नतिजासँगै विश्वको आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधार हासिल हुनसक्ने देखिएको हो ।
मंगलबार सार्वजनिक विवरणले आर्थिक सुधार हुनसक्ने अवसर रहेको भए पनि व्यापार युद्धले भने यसमा केही चुनौती थप्नसक्ने चेतावनी पनि दिएको छ । जी२० का मुलुकहरुको अर्थतन्त्रको विवरण सार्वजनिक गर्ने क्रममा उक्त संगठनले यस किसिमको विवरण सार्वजनिक गरेको हो । विश्वको आर्थिक वृद्धिदर सन् २०१८ र २०१९ का लागि तीन दशमलव ९ प्रतिशतको रहने उल्लेख गरिएको छ । यो नतिजा सन् २०११ यताकै सबैभन्दा ठुलो आर्थिक वृद्धिदरको नतिजा हो । यसअघि उक्त दुई वर्षको लागि तीन दशमव ६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरिएकोमा अहिले यो नतिजामा थप सुधार आउने अनुमान गरिएको हो ।
अहिले सार्वजनिक गरिएको विवरण अमेरिकाको करमा कटौतीको निर्णयमा आधारित रहेको बताइएको छ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुकको अर्थतन्त्रमा आउनसक्ने सुधारको नतिजाको कारण विश्वको समग्र आर्थिक सुधारको नतिजा बलियो रहनसक्ने देखिएको हो । विवरणमा अबको दुई वर्ष विशव अर्थतन्त्रको लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । पछिल्लो १० वर्षको अवधिमा हासिल नभएको आर्थिक उपलब्धि अबको दुई वर्षमा हासिल हुनसक्ने विवरणमा उल्लेख गरिएको छ । यस वर्षको लागि भने विश्वको समग्र व्यापारमा पाँच प्रतिशतको वृद्धि हुनसक्ने विवरणमा बताइएको छ ।
यस वर्षको समग्र अवधिमा अमेरिकाको अर्थतन्त्रमा पनि दुई दशमलव ९ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । सन् २०१९ मा भने उसको आर्थिक वृद्धिदर दुई दशमलव ८ प्रतिशतमा रहनसक्ने देखिएको हो । दुवै वर्षमा अमेरिकाको करमा कटौतीको नीतिले शून्य दशमलव ५ देखि शून्य दशलमव ७५ प्रतिशतसम्मको थप वृद्धि हुनसक्ने उल्लेख गरिएको छ । अन्य प्रमुख अर्थतन्त्र भएका मुलुकहरुमा फ्रान्स र जर्मनीले पनि महत्वपूर्ण आर्थिक सुधार हासिल गर्ने अनुमान गरिएको छ । बेलायतको अर्थतन्त्र भने जी२० मा सबैभन्दा कमजोर बन्नसक्ने विवरणमा उल्लेख गरिएको छ । पछिल्लो समय ब्रेजिक्टले निम्त्याएको अन्योलताको कारण बेलायती अर्थतन्त्र कमजोर बन्नसक्ने देखिएको हो । बेलायतको अर्थतन्त्रमा यस वर्ष एक दशमलव ३ प्रतिशतको वृद्धिदर हासिल हुनसक्ने देखिएको हो । यद्यपि यो बेलायतको लागि यसअघिको तुलनामा भने सुधारको आँकलन हो ।

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो...

दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरिया प्रस्थान

दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ ।...

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने

युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट)को निर्णयमा पुनर्विचार गर्न...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै