logo

आइएमई जनरल इन्स्योरेन्सद्वारा टेकुुमा शाखा विस्तार

काठमाडौं, फागुुन ३०
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको टेकुुमा पनि शाखा विस्तार गरेको छ । योसमेत गरेर कम्पनीको कुुल शाखा संख्या ३३ पुुगेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले गरेका हुुन् ।
उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले कम्पनीले छोटो समयमा नै आफ्नो शाख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, सञ्चालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृत्तिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाव दिए । उक्त अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफ्नो उपस्थिति जनाई लघु बीमालगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न सफल मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । सोही अवसरमा अध्यक्ष चापागार्इंले सबैले आ –आफ्नो चल, अचल सम्पत्तिको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
सोही अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरि नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिएका छन् । कम्पनीको आज उद्घाटन भएको शाखासहित ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिएका छन् । उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदो दिनमा एक सफल र सबल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्नेछ भनी जानकारी दिएका छन् । आगामी दिनमा अफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ट ग्राहकहरुको साथमा कम्पनी अगाडि बढ्नेछ भनी जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आव २०७४—०७५ को दोस्रो त्रैमासिकसम्ममा ४३ करोड बीमा शुल्क आर्जन गरेको, कुल लगानी ८५ करोड त्यसैगरी खुद नाफा चार करोड ८२ लाख आर्जन गर्न सफल भएको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित शाखा तथा सेवा काउण्टर गरी ४३ स्थानबाट ग्राहक महानुभावहरुलाई सेवा दिइरहेको साथै २२० जना कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको, कर्मचारी भर्ना गर्दा नयां र सकारात्मक सोच भएका व्यक्तिहरुलाई छनौट गरी नयां रोजगारीमा जोड दिइरहेको समेत जानकारी दिएका छन् । कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरुमार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउँदै उपस्थित सबै महानुभावहरुलाई आफ्नो सम्पत्तिको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरेका छन् ।
कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानीयस्तरमा सेवा प्रदान गर्नको लागि टेकूमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा सञ्चालक समितिलगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसँग व्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिटी एक्सप्रेसद्वारा ९० दिने लखपति योजना सार्वजनिक

सिटी एक्सप्रेसले ९० दिने लखपति एक्सप्रेस योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको महान् चाड दसैँँ, तिहार र...

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार सम्पन्न सभाले आगामी कार्यकालको...

एक दर्जन कम्पनीहरुको चार अर्ब तीन करोडको बोनस सूचीकृत

चालू आर्थिक वर्ष सुरु भएदेखि यता ११ वटा कम्पनीहरुको चार अर्ब तीन करोड ५९ लाख ९० हजार ४२ रुपैयाँ बराबरको बोनस सेयर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै