logo

एनआईसीद्वारा ब्याजदर पुनरवलोकन

काठमाडौं, फागुुन ३०
एनआईसी एसियाले धनवर्षा नामक निक्षेप योजनाको ब्याजदर पुनरवलोकन गरेको छ । नेपाल राष्ट्र बंैकको सुपरीवेक्षण विभागका प्रमुुखहरु समेतको रोहबरमा नेपाल बैंकर एसोसियसन र एनआईसी एसियाका प्रतिनिधीहरुबीच छलफल भएपश्चात् बैंकले ब्याजदर पुनरवलोकन गरेको हो ।
एनआईसीले मुुद्दति निक्षेपमा १२ प्रतिशतको उच्च ब्याजदर तोकेपछि संघले प्रतिवाद गर्दे आफ्ना २७ वटै सदस्य बैंकहरुलाई एनआईसीसँग अन्तरबैंक कारोबार रोक्न निर्देशन दिएको थियो । सो विवाद केही दिन चले पनि अन्तमा राष्ट्र बंैकले रोहबरमा बैंकर संघ र एनआईसी एसियाबीच सहमति भएको छ ।
बैंकले विज्ञप्ति जारी गर्दे २०७४ फागुन ११ देखि सञ्चालनमा ल्याएको समुन्नति प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र एक वर्षे धनवर्षा मुद्दति खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्म मात्र नयाँ खाता खोल्न सकिने जानकारी दिएको छ । सोपश्चात् भने ति योजनाहरु भन्दै गरिने बैंकले जनाएको छ । हालै सृजित असहज परिस्थितिले गर्दा उपर्युक्त उल्लिखित दुवै योजनाहरुलाई ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजनाबमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सोबाट आम ग्राहकमहानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमा प्रार्थी छ, विज्ञप्तिमा भनिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी एक सय ८३ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक एक सय ८५ एटीएमसहित मुलुक कै सबैभन्दा बढी एटीएम सञ्जाल भएको बैंकसमेत बन्न सफल भएको छ । समग्रमा यस बैंक चार वटा एक्स्टेन्सन काउन्टर, तीन वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल पाँच हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी) सहित ५,३७५ भन्दा बढी भौतिक सञ्जालमार्पmत बैकिङ सेवा प्रदानगर्ने मुलुक कै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । त्यसैगरी वित्तीय परिसूचकाङ्का हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भइसकेको छ । बैंकको वासलातको आकार एक खर्ब ४८ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब एक खर्ब चार अर्ब र कुल निक्षेप करिब एक खर्ब २४ अर्ब पुगीसकेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भइसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिटी एक्सप्रेसद्वारा ९० दिने लखपति योजना सार्वजनिक

सिटी एक्सप्रेसले ९० दिने लखपति एक्सप्रेस योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको महान् चाड दसैँँ, तिहार र...

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार सम्पन्न सभाले आगामी कार्यकालको...

एक दर्जन कम्पनीहरुको चार अर्ब तीन करोडको बोनस सूचीकृत

चालू आर्थिक वर्ष सुरु भएदेखि यता ११ वटा कम्पनीहरुको चार अर्ब तीन करोड ५९ लाख ९० हजार ४२ रुपैयाँ बराबरको बोनस सेयर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै