logo

निर्यात बढाउन अर्थमन्त्रीलाई साना उद्योगीहरुको सुझाव

काठमाडौं, फागुन ३०
निरन्तर वृद्धि भइरहेको व्यापार घाटालाई कम गर्न निर्यात वृद्धि गर्न लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास गर्न साना उद्योगीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएका छन् ।
मुलुकको समग्र औद्योगिक विकासका लागि बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्न सकिने उपायबारे मुलुकको समग्र औद्योगिक विकासका लागि सुझाव लिएर गएको नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्रालयमा यस्तो सुझाव पेस गरेको हो । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले छिमेकी मुलुक भारत र चीनलगायतका देशहरुले व्यवस्था गरेको निर्यात प्रोत्साहन सुविधाअनुरुप नै नेपाली मौलिक उत्पादनहरुको निर्यात वृद्धि गर्न त्यस्ता वस्तुमा भएको आन्तरिक मूल्य अभिवृद्धिको आधारमा गणना हुनेगरी १५ प्रतिशत नगद अनुदान दिने व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरे । महासंघको सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताए । यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।
उनले समृद्धिको मूल आधार निजी क्षेत्र भएको भन्दै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए । समग्रमा लघु, घरेलु तथा साना उद्योग व्यवसायमा रहेका समस्याहरू पेस गर्न आग्रह गर्दै घरेलु तथा साना उद्योगीहरुका सल्लाह र सुझावबाट आगामी दिनमा कार्ययोजना तय गरिने प्रतिबद्घता जनाउँदै उनले भने, ‘हामी कहाँ छौं भन्ने नै अहिले थाहा छैन हामी कहाँ छौं भन्ने नै थाहा नभएपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुँदैन,’ यहाँहरुले उठाउनुभएका जेन्युन कुराहरु छन् । तिनलाई राज्यले सम्बोधन गर्नुपर्छ, सहकार्यबाट कसरी अगाडि बढ्ने, सरकारकोतर्फबाट के के गर्ने सुझाव र सल्लाहबाट अगाडि बढ्ने हो ।’
तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगहरुको लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम ल्याउने र निर्यातमा दिइने सुविधा उत्पादन तहदेखि निकासी बजार तहसम्म दिँदा बढी ध्यान उत्पादन, पूर्वाधार र बजारीकरणलाई दिनुपर्नेमा सरकारले जोड दिने उनले बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले राजनीतिक एजेन्डाअन्तर्गत धेरै छलफल र बहस भइसकेको भन्दै अब मुलुकले आर्थिक क्रान्तिलाई मुख्य एजेन्डा बनाई नयाँ नेपाल निर्माण गर्ने अभियानमा सरकारले महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने पनि बताए । नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्धि र विकासको तीव्र चाहना मुखरित हुन थालेको भन्दै यसतर्फ वर्तमान सरकार राजनीतिक स्थायित्वसहित तीव्रतर गतिमा अग्रसर हुनु अपरिहार्य बनेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीको रकमलाई नेपाल राष्ट्र बैंकको मातहतमा रहनेगरी एउटै बास्केट फन्डमा राखी जहाँ जुन बैंक तथा वित्तीय संस्थाका शाखाहरु उपलब्ध छन् । त्यहाँ तिनीहरुमार्फत नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्थाका लागि अध्यक्ष गिरीले आग्रह गरे । हाल ऐनले व्यवस्था गरेको निक्षेप तथा कर्जा सुरक्षण कोष प्रभावकारी हुन नसकेको हुँदा त्यस कोषलाई विभाजन गरी कर्जा सुरक्षणको कार्यक्षेत्रमा लघु, घरेलु तथा साना उद्योग कर्जा वा एसएमई कर्जा सुरक्षण प्रभावकारी हुन नसकेकोले दातृ समुदायसँगको लगानी सहकार्यमा छुट्टै कर्जा सुरक्षण निगम गठन गरी उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योगमा लगानी हुने कर्जालाई प्रभावकारी सुरक्षण गरी वित्तीय पहुँच बढाउने व्यवस्थाका लािग पनि उनको आग्रह थियो ।
विगतकोे विनाशकारी भूकम्प तथा नाकाबन्दीको प्रभावले प्रताडित उद्योगहरुलाई पुनर्उद्धार गर्ने उद्देश्यका साथ आव २०७२÷७३ मा स्थापित एक खर्बको पुनर्उद्धार कर्जा कोषलाई उद्योगहरुकै पुनर्उद्धारमा प्रयोग नगरी अन्यत्र प्रयोग गर्ने व्यवस्था गरिएकोमा सो कोषलाई उत्पादनमूलक उद्योगहरुको पुनस्र्थापना र यस्ता उद्योगमा पुनः लगानीका लागि प्रयोग गर्ने व्यवस्थाका लागि महासंघले आग्रह गरेको छ । वर्तमान अवस्थाको आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न आयात प्रतिस्थापनका लागि उत्पादनमूलक क्षेत्रलाई सक्रिय बनाउनका साथसाथै निर्यात प्रवद्र्धन गर्न पनि उत्तिकै जरुरी रहेको भन्दै महासंघका अध्यक्ष गिरीले भने, ‘यसका लागि निर्यात प्रवद्र्धन गृह स्थापना गर्ने अवधारणा पहिलेदेखि नै कार्यान्वयन गर्न नेपाल सरकार र नीजि क्षेत्रको सहकार्यमा निर्यात गृह स्थापना गर्ने कार्यक्रम बनाइएको भए पनि हालसम्म लागु हुन नसकेको हँुदा सार्वजनिक नीजि साझेदारीमा नेपाल घरेलु तथा साना उद्योग महासंघले सञ्चालन गर्ने गरी केन्द्रीयस्तरमा एक निर्यात गृह स्थापनाका लागि पाँच करोडको बजेट विनियोजनका लागि आग्रह गर्दछाँै ।’
मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भई झण्डै दुई लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेको तथ्यांक भए पनि यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकी आम जनमानसमा यस्त उद्योगहरु पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा यस्ता उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको कारणले यस क्षेत्रमा युवाहरुमा आकर्षण सिर्जना गर्न नसकिएको, सरकारले प्रदान गर्ने सेवा सुविधाहरु पु¥याउन कठिन भएको विद्यमान अवस्थाबारे अर्थमन्त्री डा. खतिवडाको ध्यानाकर्षण गराएका छन् ।
आत्मानिर्भर अर्थतन्त्रलाई निर्माण गर्ने आवश्यकता महसुस गरी नीजि क्षेत्रको छाता संस्थासमेतको सहकार्यमा जारी गरिएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ लाई कडाइका साथ लागू गर्न नेपाल सरकारद्वारा आवश्यक निर्देशन जारी गर्न गराउन तत्काल पहल गरिदिन उनले आग्रह गरे । लघु घरेलु तथा साना उद्योगको कच्चा पदार्थको स्रोत भनेकै कृषि र गैह्रकाष्ठजन्य वन उपज भएको हँुदा सरकारी तथा सार्वजनिक जग्गामा सञ्चालित अल्पकालीन कृषि बजारहरुलाई व्यावसायीक ढंगले सञ्चालन गर्न कृषि पशुपन्छी, सहकारी तथा वन मन्त्रालयहरु समेतको समन्वयमा स्थायी कृषि बजार उद्योग तथा लगानी प्रवद्र्धन बोर्डमार्फत कार्यक्रम अगाडि बढाउन पहल हुनका लागि महासंघले अनुरोध गरेको छ ।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, लता प्याकुरेल, सुरेश प्रधान, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिवप्रसाद कट्टेललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन

सत्तारुढ दल नेकपाले सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन...

एक लाख घुससहित तीन पक्राउ

एक लाख रुपैयाँ घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको छ...

विप्लवद्वारा वार्ता अस्वीकार

विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै