logo

कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा


बर्दिवास, फागुन ३०

‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् । रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् । ‘पासपोर्ट बनाएर विदेश जान साहुका घर-घर धाइयो’ सो बस्तीका ३७ वर्षीय किसान चन्देश्वर राय दनुवारले पाँच वर्ष पहिलेको कुरा सम्झँदै भने, “कसैले ऋण नपत्याएपछि जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्न थालियो,अब चैं दुःख र अभावका दिन सकिएजस्तो लागेको छ ।” ऋण नपाएर जिङ्राएर बसेको बेला जिल्ला कृषि विकास कार्यालय महोत्तरीका कर्मचारीको प्रेरणाले श्री गढीमाई कृषि सहकारी संस्था गठन गरी दिलोज्यानले खेतीमा लागेका सो बस्तीका चन्देश्वरसहितका युवाले केही वर्षभित्रै गरेका प्रगति सबैका लागि उदाहरणीय बनेको छ ।

शुरुमा जग्गा ठेक्कामा लिएर तरकारी खेती गरेका संस्थामा आबद्ध युवाले चार-पाँच वर्षभित्रै केही जग्गासमेत जोडेर घर व्यवहार राम्ररी चल्न थालेको बताएका छन् । अहिले सो बस्तीका ३० जना संस्थामा आबद्ध छन् । पछिल्ला पाँच बर्षयता तरकारी बालीमा ओल, आलु, कोबी, भाण्टा मात्र नभएर अन्नबालीमा पनि नयाँ प्रयोग गरेर चैते धान र गहुँको खेती शुरु गरिएको संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताए । आफ्नो बस्तीमा उत्पादित ओल तरकारी विशेष र अन्नबालीमा चैते धान तथा गहुँको उन्नत बीउ नै मुलुकका विभिन्न भेगमा संस्थाले पठाउन थालेको यादवले जानकारी दिए । “हामीले जिल्ला कृषि विकास कार्यालयका विज्ञकै रेखदेखमा ओल, चैते धान र गहुँको बीउ उत्पादन शुरु गरेका छौँ”, अध्यक्ष यादवले भने, “अहिले हाम्रो ध्यान नै माग भएको ठाउँमा बीउ आपूर्ति गर्नमा केन्द्रित छ, पूर्वमा सुनसरी, मोरङ र पश्चिममा डडेलधुरासम्म हामीले उत्पादन गरेको बीउ गइरहेको छ ।” यसपालि मात्रै कृषि सामग्री संस्थानको समन्वयमा विजय र तिलोत्तमा जातका उन्नत गहुँको बीउ ११० क्विन्टल बाहिर पठाइएको संस्थाले जनाएको छ ।

त्यसैगरी, हर्दिनाथ, राम र बासमती जातका उन्नत चैते धानको बीउ पनि यसपालि विभिन्न जिल्लाका कृषि सहकारी संस्थाले माग गरेअनुसार १०० क्विन्टल गएको अध्यक्ष यादवले जानकारी दिए । संस्थाले यसपालिदेखि तरकारीमा ओल र मसलामा बेसार आफैँ किन्न थालेपछि किसान बजार जानपर्ने झन्झटबाट पनि मुक्त भएका छन् । घर प्रयोजनमा खान उपयोग गरिने र बीउका लागि फरक÷प्रविधिले बाली उत्पादन हुने गरेको छ । “बीउकालागि मूल बीउबाट सिवन, प्रजन उन्नत बीउ बनाइन्छ”, अध्यक्ष यादवले भने, “हामीले विज्ञको रेखदेखमा सिवन बीउ उत्पादन गरेका छौँ, जसको फसल निकै राम्रो हुने गरेको छ ।” खेतीका बेला राम्रो बीउको हाहाकार हुने स्थिति आफ्नै भाइभतिजको प्रयत्नले हटेपछि बस्तीका पाका किसान दङ्ग परेका छन् । अब त सानो हलो जोत्ने ट्र्याक्टर, रोटाभेटर र लाइन कल्टी संस्थासँगै छ । आफ्नै कार्यालय र भण्डार कक्ष बनाएको संस्थाले बीउ, मलखाद आपूर्ति गर्ने स्वीकृति पाएपछि खेतीपातीमा धेरै सहज भएको सो बस्तीका किसान इस्लाम राइनले बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषिमा परनिर्भरता उच्च बिन्दुमा

उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन्...

प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल...

पाँच बिगाहको गाँजा नष्ट

लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै