logo

पशुपतिनाथ महोत्सवको तयारी पूरा


काठमाडौँ, फागुन २९

पशुपतिनाथ महोत्सवको तयारी पूरा भएकोे छ । वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो । यही फागुन ३० देखि चैत ७ गतेसम्म महोत्सव आयोजना हुँदैछ । धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त महोत्सवबाट धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पाशुपत् क्षेत्रमा परम्परादेखि मनाउँदै आएको स्थानीय जात्रा दुरुच्याःच्याको शुभारम्भ फागुन २६ गतेदेखि भएसँगै उत्साह बढेको छ । अगामी चैत ७ गतेसम्म स्थानीय पाँचहरे जात्रा एवं देशोद्धार पूजालगायत जात्रा पर्व आयोजना हुने भएकाले सो महोत्सवलाई थप आकर्षक बनाइने संयोजक केदारमान भण्डारीले बताए ।

महोत्सवका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ । उक्त महोत्सवमा श्रीमद् भागवत कथा, पाहाँचह्रे जात्रालगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्तिसंगीत समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । निःशुल्क ध्यान तथा योग शिविर, अन्तरविद्यालय शास्त्रीय नृत्य तथा भक्ति संगीत प्रतियोगिता, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, खाना महोत्सव, पशुपति तथा जात्रा सम्बन्धी वृत्तचित्र र विशिष्ट धार्मिक गुरुद्वारा वैदिक प्रवचन, धर्मध्वज तथा राष्ट्रिय झण्डाको विशाल रुपको दर्शन, शिवपार्वतीको ताण्डवसहित मूर्तिको दर्शनलगायत कार्यक्रम गरिनेछ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महिला संघले ७७ जिल्लामा आन्दोलन गर्ने

नेकपा अध्यक्ष केपी शर्मा ओलीले जघन्य अपराध बलात्कार र महिला हिंसा नियन्त्रणमा लिन नसकेको विरोधमा नेपाली...

नेकपाद्वारा भोलि ७ गते बन्द आह्वान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै