logo

पार्टीमा दण्डहीनता मौलायो एमाले अनुशासन आयोग


काठमाडौँ, फागुन २९

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको गलत कार्यउपर छानविन नगरी दण्डहीनता मौलाइरहेको बताएको हो । बैठकले पार्टीमा दण्डहीनता मौलाइरहेकाले वर्तमान स्थितिप्रति पार्टीको ध्यानाकर्षणसमेत गराएको आयोगका अध्यक्ष अमृतकुमार बोहराले जानकारी दिए । यस्तै, बैठकले पार्टीका कमिटीहरु प्रायः निष्क्रिय रहेको र लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकसमेत राम्ररी नभएको समेत जनाएको छ । बैठकपछि आयोगका अध्यक्ष अमृतकुमार बोहराले जारी गरेको विज्ञप्तिमा पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको बताइएको छ ।

त्यसैगरी, तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलाप, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यको यथासमयमा छानबिन भई कारवाही हुनुपर्नेमा अनेकौँ बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको अध्यक्ष बोहराले बताएका छन् । यसैगरी, बैठकले सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटी तथा अखिल नेपाल महिला संगठन, युवा संघ नेपाल र अनेरास्ववियुजस्ता पार्टीका जनसंगठन उदासीन, निष्क्रिय र मुकदर्शक बनिरहेका भन्दै आयोगले कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट विमुख बन्दै गरेको संकेत त होइन भन्ने प्रश्न खडा भएको पनि जनाएको छ ।

केही समयदेखि देशका विभिन्न भागमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटना एकपछि अर्को गरी शृङ्खलाबद्ध बढिरहेकामा तीनलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकामा पनि बैठकले दुःख व्यक्त गरेको छ । यसैगरी, बैठकले आयोगको रिक्त सदस्यमा राजनारायण साहलाई मनोनयनसमेत गरेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार

अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।...

चिया उद्योग बन्द गर्ने चेतावनी

नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ...

सभामुखबाट मन्त्रीको ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नदेखिएपछि आज...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै