logo

स्थानीय तहमा बैंक स्थापना हुन सकेन


बैतडी, फागुन २९

जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी गाउँपालिका र मेलौली नगरपालिकामा कुनै पनि बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दा सदरमुकाम धाउन बाध्य भएका हुन् । सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भने पनि बैंक नहुँदा सास्ती हुने गरेको कारोवार गर्न सदरमुकाम जान बाध्य भएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कायमै रहेको सिगास–४ का जसवीर साउदले बताए । खाता खोल्नका लागि बढी पैसा खर्च हुने गरेको सिगास गाउँपालिका–४ की सारथी धामी बताउछन् । गत साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि यहाँका स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । स्थानीय तहमा बैंक नहुँदा गाउँपालिकाले गर्ने हरेक काममा समस्या भएको सिगास गाउँपालिकाका इन्जिनियर मनोज धामीले बताए । बैंक नभएका कारण कारोवारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सास्ती भएको छ ।

सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी बैंकको कामका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम जान बाध्य भएको बताउछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ । यस्तै, खाता खोल्नका लागि उपभोक्ता समितिका पदाधिकारीलाई सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले बताए । पुर्चौडी नगरपालिकामा एक महिना अगाडिमात्रै ग्लोबल आइएमई बैंकको शाखा स्थापना गरिएको छ भने एक हप्ता अगाडिमात्रै सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा स्थापना गरिएको छ । सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा विभिन्न बैंकका शाखा छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितीको २६७औं बैठक

जनता बैंक नेपाल लिमिटेडको मिति २०७५ मंसिर २४ गते सोमवारकादिन साँझ ५ः०० बजे सञ्चालक समितीको २६७औं बैठकले आर्थिक...

स्टकमा आज पनि धर्ना

धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना...

नेपाल बैंकद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोल्पाका वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै