logo

रु एक्काइस लाखको लागतमा विद्यालय भवन



फलेवास, पर्वत, फागुन २९

करिव रु २१ लाखको लागतमा पर्वतको लिमिठाना माविमा दुईकोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको छ । विद्यालयमा भवनको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीयस्तरमा विद्यालय तथा बालबालिकाको क्षेत्रमा काम गर्ने दातृ निकायको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्थानीय साझेदारी संस्था सोडेक नेपालको परिचालनमा भवन निर्माण सम्पन्न भएको हो । गुड नेवर्सको रु १८ लाख सहयोग र स्थानीयवासी तथा विद्यालयको रु तीन लाख जनश्रमदानबाट भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यामप्रसाद शर्माले जानकारी दिए ।

भवन निर्माणसँगै विद्यालयले प्रविधियुक्त शिक्षण सिकाइ क्रियाकलापसमेत सञ्चालन गर्ने लक्ष्य लिएको छ । सोसँगै विद्यालयले करिव ३० जना विद्यार्थीले एकैपटक पढ्न पाउने गरी कम्प्यूटर कक्षासँगै प्रोजेक्टरको माध्यमबाट पठनपाठन हुने गरी श्रव्यदृश्य सामग्रीसहितको स्मार्ट कक्षा सञ्चालन गर्न लागिएको प्रअ शर्माले जानकारी दिए । नवनिर्मित भवनको हालै एक समारोहका बीच प्रदेशसभा सदस्य सांसद विकास लम्सालले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले शिक्षा नै समृद्धिको पहिलो जड भएको बताउँदै गुणस्तरीय शिक्षामा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

पर्वतका विभिन्न नगरपालिका तथा गाउँपालिकाका छवटा वडामा विगत पाँच वर्षदेखि काम गर्दै आएको गुडनेवर्स इन्टरनेशनल नेपालले गत वर्षदेखि स्थानीय संस्था सोडेक नेपालको साझेदारीमा सोही क्षेत्रका २२ विद्यालय र एक हजार २०० विद्यार्थीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा गत वर्ष सन् २०१७ मा मात्रै भौतिक संरचना अन्तर्गत तीनवटा विद्यालयमा भवन निर्माण गरी कुनै भवन हस्तान्तरण भइसकेका छन् भने कोही निर्माण सम्पन्न हुने चरणमा रहेको संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताए । सोसँगै गुड नेवर्सको सहयोगमा खानेपानी तथा सरसफाइ, बालबालिकाका अभिभावकलाई आयआर्जन लगायतका क्षेत्रमा समेत काम भइरहेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एफ ७ युथ सार्वजनिक गर्ने ओप्पोको तयारी

ओप्पोले नेपाली बजारमा चाँडै ओप्पो एफ ७ युथ सार्वजनिक गर्ने घोषणा गरेको छ । युवापुस्ताको माग तथा आवश्यकता...

नवलपरासीको बर्दघाटमा यामाहाको नयाँ शोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले शुक्रबारबाट नवलपरासीको...

मिडिया हब विश्वकपको आधिकारिक टेलिभिजन प्रसारक

नेपालको सबैभन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब प्रा.लि., फिफा विश्वकप २०१८ को एक मात्र...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै