logo

विवेकशील साझाले मतदान नगर्ने


काठमाडौँ, फागुन २९

विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । प्रदेश नं ३ प्रदेशसभामा पार्टीका तीनजना सदस्य समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गर्न पार्टीले प्रदेशसभा संसदीय दल प्रदेश नं ३ लाई अधिकार प्रत्यायोजन गरेको थियो । संसदीय दलको सोमबार बसेको बैठकले दुवै निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।

पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिका पक्षमा रहेको छ । संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा कतिपय निर्णय पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रष्टै देखिने गरेको वक्तव्यमा उल्लेख छ । प्रमुख दल र तिनका गठबन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यसभित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको आरोप विवेकशीलको छ । अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारलाई हेर्दा जोसुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको नेता पौडेलको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर...

भारतीय कलाकार जया सद्भावना दूत

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति...

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्ने कार्यअन्र्तगत...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै