logo

स्वास्थ्य चौकीको भवन निर्माण


बाबियाचौर, म्याग्दी, फागुन २९

रघुगंगा गाउँपालिका–२ भगवतीस्थित स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको रु एक करोड ३८ लाख २० हजार लगानीमा दुईतले १० कोठे भवन निर्माण गरेको हो । भवनको भुइँतलामा बिरामीको स्वास्थ्य परीक्षण, औषधि भण्डारण, प्रसूति, बिरामी उपचारस्थल, प्रशासनिकलगायत कक्ष रहेका छन् । पहिलो तलामा आवास सुविधाको लागि कोठा बनाइएको छ । ठेक्कामार्फत निर्माण सम्पन्न भएको सो भवन सोमबार एक समारोहका बीच स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नाना-हरि जेभीले ठेक्का पाएको भवन लक्ष्यभन्दा दुई महिनाअघि निर्माण भएको हो ।

निर्माण व्यवसायी कृष्णकुमार शेरचनले डिभिजन प्रमुख प्रकाश अर्याल मार्फत जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका भवन निर्माण समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीलाई भवन हस्तान्तरण गरे । जिसस प्रमुख केसीले विकास निर्माणमा ढिलासुस्ती भइरहेको अवस्थामा भगवती स्वास्थ्य चौकी निर्धारित मितिभन्दा अघि नै सम्पन्न भएर सकारात्मक सन्देश दिन सफल भएको बताए । गाउँपालिका अध्यक्ष भण्डारीले भवनमा फर्निचर र उपकरणको व्यवस्था गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।

भवन निर्माणका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनीभन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए । भवबहादुरले रु छ लाख ५० हजारमा तीन रोपनी, लोकबहादुरले रु एक लाख ३० हजारमा एक रोपनी र स्वास्थ्य चौकीको रु एक लाख लगानीमा जग्गा खरिद गरेको थियो । जीर्ण अवस्थामा रहेको वडा कार्यालयको भवनको दुईवटा कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई नयाँ भवन स्थानान्तरण गरिने वडाध्यक्ष रिम कटुवालले बताए । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेगका बासिन्दाले सेवा लिँदै आएका छन् । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘दाल भात तरकारी’सँग शिवम् सिमेन्टको सहकार्य

शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारबीच मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात...

उदयपुर सिमेन्ट उद्योगको नयाँ इतिहास !

उदयपुर र मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि...

खोटाङको हलेसीमा बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु

खोटाङमा नदीको पानी बस्तीमा निकाल्नका लागि सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै