logo

रसियामाथिको प्रतिबन्ध थप छ महिना बढाउने ईयूको निर्णय

एजेन्सी
ब्रसेल्स, फागुन २९
युरोपियन युनियन(ईयू)ले सोमबार युक्रेन संकटको कारण रसियामाथि लगाएको प्रतिबन्ध थप छ महिना बढाउने निर्णय गरेको छ । रसियानमाथि युक्रेनको क्रिमिया आफ्नो कब्जामा राखेसँगै ईयू तथा अमेरिकाले प्रतिबन्ध जारी राखेका छन् । रसियालाई युक्रेनको उक्त भूमि फिर्ताको लागि भन्दै यस किसिमको प्रतिबन्ध जारी राखिएको भए पनि रसियाले उक्त भूमि फिर्ता दिने कुनै किसिमको संकेत भने देखाएको छैन ।
रसियामाथिको प्रतिबन्धमा भ्रमणम एक सय ५० जना मानिसहरु र ३८ कम्पनीहरुमाथि भ्रमणमा प्रतिबन्ध तथा सम्पत्ति जफत गरिनेछ । युरोपेली युनियनले सार्वजनिक गरेको विवरणमा यो प्रतिबन्ध आगामी सेम्टेम्बर महिनासम्मको लागि जारी रहने बताइएको छ । अहिले थप गरिएको प्रतिबन्धको नियम यसअघिको जस्तै रहने बताइएको छ । सन् २०१४ देखि रसियामा जारी रहेको प्रतिबन्धमा विभिन्न समयमा बढाउँदै अहिलेसम्म आइपुगेको हो ।
अन्तर्राष्ट्रिय मुद्दा बन्न पुगेको रसियामाथिको प्रतिबन्धको विषयमा भने रसिया अडिग देखिएको छ । उसले कहिल्यै पनि सो भूमि फिर्ता नदिने बताएको छ । सन् २०१४ देखि सुरु भएको युक्रेन द्वन्द्वको क्रममा अहिलेसमम् १० हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । यद्यपि पछिल्लो समय प्रतिबन्धको असर भने केही कमजोर बन्दै गइरहेको पाइएको छ । रसियाको अर्थतन्त्रमा प्रतिबन्धको सुरुको वर्षको जस्तो प्रभाव भने पछिल्लो वर्ष देखिएको छैन ।
सन् २०१७ को अवधिमा भने रसियाको अर्थतन्त्रमा सुधार आएको केही विवरणहरुले देखाएका छन् । लगातारको दुई वर्षको आर्थिक गिरावटपछि रसियाले महत्वपूर्ण आर्थिक सुधार हासिल गरेको हो । रसिया आफ्नो आर्थिक क्षेत्रमा सुधारको लागि केही नयाँ आर्थिक योजनाहरुको साथमा पनि अघि बढिरहेको छ । रसियाले एसियामा आफ्नो प्रभाव विस्तार गर्दै समग्र आर्थिक क्षेत्रको विस्तार गरिने पनि बताइसकेको छ ।

आर्थिक विकास मेरो कार्यकालको उपलब्धि : राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास रहेको बताएका छन् । उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गरेका छन् । राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिएको एक अन्तरवार्तामा सो दाबी गरेको समाचारमा बताइएको छ ।
उनले सो अन्तरवार्तामा भनेका छन्– हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन् । उनले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको पनि बताए ।
देशमा भएको आर्थिक बृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको उनले दाबी गरे । उनले भने– देशमा उल्लखनीय रुपमा आर्थिक विकास जारी छ र यसले गर्दा यहाँको गरिबी पनि आधाले घटेको छ । राष्ट्रपति पुटिनले हामीले देशको गरिबीलाई कमगर्न गरिब र धनीबीचको अन्तरलाई पनि कमगर्ने कार्यक्रमहरु सुरु गरिएको पनि सो अन्तरवार्तामा बताएका छन् । रसियाको अर्थतन्त्र पुटिनको कार्यकालमा निकै कमजोर बनेको भन्दै विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । रसियामा आउँदै गरेकबो निर्वाचनको लागि पनि आफ्नो हिस्सा सुनिश्चित गर्नका लागि पुटिनको यस किसिमको भनाइ आएको विश्लेषकहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै