logo

भारतमा हाइड्रोजनबाट चल्ने रेल बन्ने

एजेन्सी
नयाँ दिल्ली, फागुन २९
फ्रान्सको अलस्टम कम्पनीले भारतमा हाइड्रोजनबाट चल्ने रेल निर्माणमा चासो देखाएको छ । भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा कम्पनीका सीईओले हाइड्रोजन रेल निर्माणको लागि कम्पनीले अहिले अध्ययन गरिरहेको जानकारी दिएका हुन् । अहिले विहारको मधेपुरामा विद्युतीय रेल इन्जिन कारखाना निर्माणको लागि पनि कम्पनीले काम गरिरहेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार कम्पनीका सीईओले अहिले विश्वमा केवल विद्युतीय प्रणालीको भविष्य रहेको बताएका हुन् । डिजेलबाट चल्ने रेलको कारण अत्यधिक मात्रामा प्रदूषण बढिरहेको अवस्थामा यसबाट पार पाउनका लागि भारतलाई विद्युतीय रेलको खाँचो रहेको अलस्टमका अधिकारीहरुले बताएका हुन् । विद्युतीय रेलको विस्तारका साथै हाइड्रोजन रेल निकै उपयुक्त हुने उनीहरुको भनाइ रहको छ ।
अहिले विश्वका केही मुलुकहरु हाइड्रोजन रेल विस्तारको क्रममा रहेको र भारतको लागि पनि यो जरुरी रहेको उनले बताएका हुन् । यस्तोमा भारतले पनि मौकामा फाइदा उठाउनुपर्ने अलस्टमका अधिकारीहरुले बताएका छन् । अहिले जर्मनी, क्यानडालगायतका केही मुलुकहरुमा यस किसिमको रेलको विस्तार भइरहेको छ । यस किसिमको रेल निर्माणको खर्च पनि धेरै महँगो नहुने भएकोले भारतमा यस किसिमको रेल निर्माण गर्ने मनसाय कम्पनीको रहेको छ ।
यद्यपि यस किसिमको रेल निर्माणको केही चुनौतीहरु पनि उल्लेख्य रहेका छन् । यस किसिमको रेलको लागि संरचना निर्माण गर्नु र यसलाई तयार पार्नका लागि लाग्ने खर्चको अनुमान गर्न पनि गाह्रो हुन्छ । त्यसका लागि भारतले अत्यधिक मात्रामा विद्युत् उत्पादन गर्नुपर्ने अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार यस किसिमको संरचना निर्माणको लागि भारतलाई विद्युत् उत्पादन नै एकमात्र विकल्प रहेको छ ।
भारत सरकारले चलाएको भारतलाई बनाऔं भन्ने कार्यक्रमलाई बढावा दिन आफूहरुको प्रयास रहने फ्रान्सेली कम्पनीका सीईओले बताएका हुन् । उनले यदि अहिलेको योजनाअनुसार काम हुने हो भने आगामी १० वर्षको अवधिमा भारतको रेलको प्रणालीमा उल्लेख्य परिवर्तन हुने अलस्टमको भनाइ छ । यसका लागि विद्युतीय इन्जिन निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै