logo

बिकास निर्माणको नाममा जथाभावी सडक नभत्काउन आग्रह

काठमाडौ फागुन २९
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिकास निर्माणको नाममा जथाभावी सडक नभत्काउन आग्रह गरेका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित डिभिजन सडक कार्यालयमा पुगेर उनले विकास निर्माणको नाममा जथाभावी भत्काउने र खन्ने काम नगर्न सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएका हुन । उनले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो मर्का परेको बताए । काठमाडौं उपत्यकाका सडक बिस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने क्रममा जथाभावि खनिएका सडकले सर्वसाधारण मर्कामा परेको भन्दै उनी आफ्नो क्षेत्रका जनप्रतिनिधि र उपभोक्ताका प्रतिनिधिसहित डिभिजन सडक कार्यालयमा दवावका लागि पुगेका थिए । काठमाडौं क्षेत्रनम्बर १ बाट निर्वा्चित प्रतिनिधिसभा सांसद समेत रहेका नेता सिंहले सरकारी निकायबीच समन्वय गरेर विकासका निर्माणका काम हुनुपर्नेमा जोड दिए ।
सडक निर्माण लगायतका विकास आयोजनाहरू कहिलेदेखि सुरु हुने हो र कति समयमा सकिने हो भनेर सर्वसाधारणले देख्ने र बुझ्ने गरी स्पष्ट लेखिएको साइन बोर्ड राख्न उनले सुझाव दिए । अन्यथा त्यसको हिसाब किताब खोजिने उनले बताएका छन् । गुपचुप काम गर्ने पद्दतिले पारदर्शितामा आशंका उब्जाउने भन्दै नेता सिंहले सडक भत्काउँदा वा विकास निर्माणका आयोजनाहरू सुरु हुँदा कति मितिदेखि शुरु भएर कुन मितिमा सम्पन्न हुने हो साइनबोर्डमा लेखेर राख्न सुझाब यिदए । अन्यथा उपभोक्ता र जनप्रतिनिधिहरूले अबदेखि त्यसको हिसावकिताव खोज्ने उनले बताए । नेता सिंहले भने, ‘सडकले बाटो भत्काउँछ । ढलले पनि बाटो खन्छ । खानेपानीले पनि बाटो भत्काउँछ । सबैले खान्ने तर मर्मत सम्भार र काम नगर्ने परम्पराले जनता आजित भएका छन् । अबदेखि यस्तो लापरबाही गर्न पाइँदैन ।’
नियममा रहेको कुरा पनि सरकारी कर्मचारीले गर्दैनन् भन्ने सर्वसाधारणको गुनासो रहेकाले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरेका छन् । काठमाडौंका सडक खनेको धेरै भइसकेपनि हालसम्म मर्मत सम्पन्न नभएको भन्दै उनले भने, ‘काठमाडौंका सडक त समयमा पूरा गर्न नसकिएको अवस्थामा झन् उपत्यका बाहिरका सडक र विकास निर्माणको हालत के होला ?’

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन

सत्तारुढ दल नेकपाले सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन...

एक लाख घुससहित तीन पक्राउ

एक लाख रुपैयाँ घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको छ...

विप्लवद्वारा वार्ता अस्वीकार

विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै