logo

अन्तर बैंक कारोबार नगर्दा खासै समस्या पर्देन, एनआईसी एसिया

काठमाडौं, फागुुन २९
एनआईसी एसिया बैंकले अन्तर बैंक कारोबार नगर्दा खासै समस्या नहुुने जानकारी दिएको छ । बैंकर्स संघको अन्तरबैंकिङ कारोबार नगर्ने निर्णयले बैंकमा कुनै समस्या सिर्जना नहुुने एनआईसीले जानकारी दिएको छ । बैंकको सिसिआर ठीक अवस्थामा रहेकोले बैंकलाई समस्या एनआईसी एसियाको भनाइ छ ।
आइतबार मात्र बैंकर्स एसोसिएसनले गरेको निर्णय एनआइसी एसियाले पालना नगरेको भन्दै २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिको भेलाले एनआइसी एसिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेको थियो । एसोसिएसनले गत साता बचतमा आठ प्रतिशतसम्म र मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज प्रदान नगर्ने सहमति गरेका थियो । एसोसिएसनको सो निर्णयविपरीत एनआइसी एसिया बैंकले बचतमा १० प्रतिशत र मुद्दतिमा १२ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको थियो ।
एनआईसीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५७ करोड २१ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ७२ करोड १४ लाख चार हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब तीन करोड ११ लाख १७ हजार रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २० अर्ब २३ करोड १७ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुुई अर्ब २२ करोड २४ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा चार अर्ब १० करोड ८२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ५५ करोड १२ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम ३८ करोड ११ लाख ११ हजार रुपैयाँ रहेको बंैकको राइट ब्याक रकम १० करोड २६ लाख २२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २८ प्र्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्वावलम्बन लघुवित्तको व्यवस्थापन तालिम

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने...

कुमरोजमा ग्लोबल आईएमई बैंकको शाखारहित सेवा

ग्लोबल आईएमई बैंकले चितवनको खैरहानी नगरपालिका वडा नम्बर १२ कुमरोजमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको...

सेयर बजार पुुनः ओरालो लाग्यो

सेयर बजार पुुनः ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक तीन दशमलव ७४ अंकले ओरालो लागेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै