logo

नेपाल इन्भेष्टमेण्ट बैंक र कोरियाको ‘ई—९ पे’बीच सम्झौता

काठमाडौं, फागुुन २९
दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले (पृथ्वी रेमिट) र दक्षिण कोरियास्थित ई ९—पे कम्पनीबीच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ । सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी ई—९ पे को ‘मोबाइल एप्’ को प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । ई—९ पे को मोबाइल एप् को प्ले स्टोरबाट डाउनलोड गरी मोबाइलमा इन्स्टल गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार ई—९ पे को दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिनेछ ।
ई—९ पे मार्फत पृथ्वी रेमिट्यान्समा पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ, साथै अन्य वाणिज्य तथा विकास बैंकको खातामा पनि रकम जम्मा गर्न सकिन्छ । ई पे मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ । देशका विभिन्न ठाउँमा रहेका ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखा र ९८ वटा एटीएममार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक र दक्षिण कोरियास्थित ई—९ पे बीचको सहकार्यले नेपालीहरुलाई छिटोछरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।
यसअघि नेपाल इन्भेष्मेण्ट बैंक लिले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिट्यान्समार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सीस बैंक अमेरिकाको पे पालसँग पनि विप्रेषण सम्झौता गरी कारोबार सुरु गरिसकेको छ । साथै नेपाल इन्भेष्टमेण्ट बैंकले पृथ्वी रेमिटमार्फत रकम भुक्तानी गर्न साउदी अरेबियामा, यूएई, कतार र युरोपका विभिन्न देशका बंैकहरुसँग पनि सहकार्य गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कुमारी बैंकद्वारा शैक्षिक सामग्री वितरण

कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत...

जनसेवी लघुवित्त वित्तीय संस्थाको सञ्चालक शिक्षा कार्यक्रम

जनसेवी लघुवित्त वित्तीय संंस्थाको सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन नेपाल...

गण्डकी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्वमा अग्रसर

गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिँदै आएको छ । विगत वर्षहरुमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै