logo

साना उद्योग मुलुकको आर्थिक समृद्घिको मुख्य आधार : उद्योगमन्त्री यादव

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम साना उद्योग : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, फागुन २९
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको सोमबार राजधानीमा आयोजित २४औं वार्षिक साधारणसभा तथा २१औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले स्वदेशी उद्योगहरुको विकासविना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताए । उनले मुलुकमा उद्योग धन्दाको विकास गर्दै आर्थिक समृद्घि हासिल गर्ने चुनावी घोषणापत्रमार्फत प्रतिबद्घता व्यक्त गरेर नयाँ सरकार आएको भन्दै मुलुकमा औद्योगीकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिबद्घताका साथ अगाडि बढ्ने बताए । उनले आफूहरु उद्योगी÷व्यवसायीहरुलाई लगानीको वातावरण निर्माण गर्नको लागि सदैव प्रतिबद्ध रहेको बताए । मन्त्री यादवले मुलुकमा नेपालको अहिलेको समस्या भनेकै आफ्नो उत्पादन सस्तोमा बिक्री गर्ने र अरुको उत्पादन महङ्गोमा किन्नुपर्ने बाध्यता रहेको बताए । नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिँदै उनले कृषिप्रधान मुलुक नेपालमा ५० प्रतिशत जनशक्ति कृषिमा लागेको तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान बाध्य भएको बताए ।
अहिलेको सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै मन्त्री यादवले इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि महत्वपूर्ण काम गर्ने गरी सरकार गठन भएको प्रस्ट पारे । मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्धको रहनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले भने, ‘मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगीकरण, उपभोक्ताहरुको हितको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताका साथ गर्नेछौँ ।’

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम साना उद्योग : अर्थमन्त्री डा. खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।
उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उनले सरकारले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कूटनीतिक पहल गर्नका लागि अन्तर्राष्ट्रिय नियोगसँग सहकार्य गर्ने समेत बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै उनले यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने बताए । उनले समृद्धिको मूल आधार निजी क्षेत्र भएको भन्दै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए । समग्रमा लघु, घरेलु तथा साना उद्योग व्यवसायमा रहेका समस्याहरू पेस गर्न आग्रह गर्दै घरेलु तथा साना उद्योगीहरुका सल्लाह र सुझावबाट आगामी दिनमा कार्ययोजना तय गरिने प्रतिबद्घता जनाउँदै उनले भने, ‘हामी कहाँ छौं भन्ने नै अहिले थाहा छैन हामी कहाँ छौं भन्ने नै थाहा नभएपछि कसरी अगाडि बढ्ने भन्ने थाहा हुँदैन, यहाँहरुले उठाउनुभएका जेन्युन कुराहरु छन् तिनलाई राज्यले सम्बोधन गर्नुपर्छ, सहकार्यबाट कसरी अगाडि बढ्ने, सरकारको तर्फबाट के के गर्ने सुझाव र सल्लाहबाट अगाडि बढ्ने हो ।’
तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगहरुको लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम ल्याउने र निर्यातमा दिइने सुविधा उत्पादन तहदेखि निकासी बजार तहसम्म दिँदा बढी ध्यान उत्पादन, पूर्वाधार र बजारीकरणलाई दिनुपर्नेमा सरकारले जोड दिने बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपाली जनताको आर्थिक समृद्धि र विकासप्रतिको दमित अभिलाषा नयाँ सरकार गठन भएसँगै मुखरित हुनथालेको भन्दै वर्तमान सरकार राजनैतिक स्थायित्वसहित विकास र आर्थिक समृद्घिको अभियानमा तीव्रतर गतिमा अग्रसर हुने अपेक्षा गरेको बताए । राजनीतिक मुद्दाहरुको समाधान भइसकेको वर्तमान परिप्रेक्ष्यमा अब मुलुकले आर्थिक क्रान्तिलाई मुख्य एजेण्डा बनाई नयाँ नेपाल निर्माण गर्ने अभियानमा सरकारले महत्वपूर्ण दायित्व निर्वाह गर्दै आर्थिक क्षेत्रका उपयुक्त एजेण्डालाई प्रमुखताका साथ अगाडि बढाउने अपेक्षा लघु, घरेलु तथा साना उद्योगीहरुले गरेको भन्दै उनले सरकारले चाल्ने आर्थिक समृद्धि र विकासको हरेक पाइलामा लघु घरेलु तथा साना उद्योगीहरुको छाता संस्था हैसियतमा हामी भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
विगतमा सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने गरी सञ्चालन गरेका कार्यक्रमहरुले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको वर्तमान अवस्थामा अर्थतन्त्रका आधारभूत क्षेत्रहरु कृषि, वन, खनिज, पर्यटन, जलस्रोत र मानवीय सम्पदालाई अधिकतम उपयोग गरी आगामी पाँच वर्षभित्रै जनतालाई अनुभूत हुने गरी अर्थतन्त्रमा छलाङ मार्ने चुनौती र अवसर यो सरकार काँधमा रहेको अध्यक्ष गिरीले बताए । लघु, घरेलु तथा साना उद्योगीहरु पनि हिजोदेखि नै परम्परागत वस्तु उत्पादनमै सीमित रहेका भन्दै ढाका, पश्मिना, सेरामिक, हस्तकलाजस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको तर कृषि, गैरकाष्ठजन्य वन, जडिबुटी तथा प्राकृतिक रेसाजन्य वस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधिलगायत स–साना जलविद्युत्मा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय गर्नेतर्फ पर्याप्त ध्यान दिन नसकेको उनले बताए । यही कारण हाम्रा उद्योग तथा व्यापारका क्षेत्रमा संकुचन आएको उनको भनाइ रहेको छ । व्यवसायलाई विविधीकरण गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी गनुपर्ने र तिनै तहका सरकारले यसमा सहजीकरणको भूमिका खेल्नुपर्ने उनले बताए ।
अध्यक्ष गिरीले विगतको अनुभवमा सरकारले पनि चलिरहेका लघु घरेलु तथा साना उद्योगहरुको स्तरोन्नति गरी स्वदेशमै रोजगारी सृजना गर्नेभन्दा पनि वैदेशिक रोजगारीका लागि सीप विकासमा बढी केन्द्रित भएको बताए । कार्यक्रममा महासंघअन्तर्गतको केन्द्रीय महिला उद्यमी समितिका सभापति शिवा उपाध्याय, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले मुलुकलाई आत्मनिर्भरता र समृद्घितर्फ डो¥याउने मुख्य माध्यम नै निजी क्षेत्र भएको भन्दै सरकार र निजी क्षेत्रको सहकार्यमाथि जोड दिएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्न्याप अन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

स्न्यापअन ब्राण्डका ग्यारेज उपकरणको आधिकारिक बिक्रेताको रुपमा श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्सर्न रहेको...

शिखर शुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर एक...

‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेता पुरस्कृत

ओप्पोले नेपाली चाड तीजका अवसरमा आयोजित ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै