logo

डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण बजारमा

काठमाडौं, फागुन २९
सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ कर्पोरेसन (एनसीईसी)ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो । नेपालमा आफ्ना उत्पादनको बिक्रीवितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइनाप्याकले परिमार्जित उपकरण भित्र्याएको हो ।
सन् २००८ देखि नेपाली बजारमा आफ्ना उत्पादनको बिक्रीवितरण गरिरहेको डाइनाप्याकको आधिकारिक बिक्रेता एनसीईसी रहेको छ । एक कार्यक्रमका बीच एनसीईसीले परिमार्जित अत्याधुनिक प्रविधियुक्त परिमार्जित उपकरण भित्र्याएको हो । एनसीईसीका मुलुकभर रहेका बिक्री र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्रीवितरण हुनेछ । एनसीईसीले विगत ६० वर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको छ । नेपाल कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिंग कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावटअनुकूल रहेको बताए । उनले भने, ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ । साथै पछिल्ला संस्करणमा थपिएका सुरक्षा प्रविधिले हामी नेपालको बजारमा स्थापित हुनेमा आशावादी छौं ।’

जर्मनीको वार्डेनबर्गमा मुख्य कार्यालय रहेको ड्यानप्याकले क्षेत्रीय बिक्रेता र सेवा केन्द्र, तथा वितरकसँगको साझेदारीमार्फत विश्वभरमा आफ्ना उत्पादनको बिक्रीवितरण गर्दै आएको छ । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमा उत्पादन प्लाण्टहरु रहेका छन् । फायाट ग्रुपको अंशका रुपमा रहेको डाइनाप्याकले भारतको क्षेत्रीय कार्यालयमार्फत नेपालभित्र सेवा सञ्चालन गर्नेछ ।
‘नेपालको विकास निर्माण तथा पूर्वाधार निर्माण गर्ने राष्ट्रिय महत्वका आयोजनामा सहभागी हुन पाउँदा गौरवान्वित भएका छौं’, फायाट ग्रुप, डाइनाप्याक इण्डियाका प्रबन्ध निर्देशक मुकुल चक्रवर्तीले भने । ड्यानप्याकका लागि रातो रंग सधैँ महत्वपूर्ण रंग साबित उनले उल्लेख गरे । उनले सोही रंगका कारण ब्राण्डको भ्यालुलाई विशिष्ट र थप उपयोगी बनाएको बताए । ‘नयाँ रंगहरुले भविष्यको छवि र डाइनाप्याकको ब्राण्डको आत्मालाई समर्थन गर्छ’, उनले भने ।
फायाटले एट्लास कर्पोरेसनको सडक निर्माण सामग्री विभागलाई आफूमा विलय समेत गरेको छ । यस विभागले रोलरको लागि आवश्यक डामर र माटोको उपयोग, पेवर्स र प्लेनर्स उत्पादन गर्ने विज्ञप्तिमा उल्लेख छ । यो प्राप्तिसँगै ३७ देशमा रहेका बिक्री र सेवा सञ्चालन केन्द्र, चार देशका उत्पादन इकाइ र उत्पादन साझेदार फायाट भारतको स्वामित्वमा आएका छन् । डाइनाप्याकको प्राप्तिले फायाट ग्रुपसडक निर्माण सामग्री उत्पादनमा रणनीतिक रुपमा थप मजबुत बनेको चक्रवर्तीले बताए ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘दाल भात तरकारी’सँग शिवम् सिमेन्टको सहकार्य

शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारबीच मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात...

उदयपुर सिमेन्ट उद्योगको नयाँ इतिहास !

उदयपुर र मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि...

खोटाङको हलेसीमा बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु

खोटाङमा नदीको पानी बस्तीमा निकाल्नका लागि सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै