logo

लनटेनिस र ब्याडमिन्टन

 

काठमाडौँ, फागुन २८

दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत आज भएको पुरुष एकलतर्फ काठमाडौँका विवेक शंकर श्रेष्ठ विजयी भएका छन् । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको उक्त खेलमा विवेकले काठमाडौँकै शिवम विक्रम थापालाई ७–५, ३–६ र ६–१ अंकले पराजित गरे । त्यस्तै काठमाडौँका मानबहादुर कटवालले ललितपुरका निशान श्रेष्ठलाई ६–३ र ६–४ ले तथा ललितपुरका सन्तोष खत्रीले काठमाडौँका नीनवाम राईलाई ६–१ र ६–० ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । लनटेनिसको महिला एकलतर्फको खेलमा एपिएफकी भगवती विकले काठमाडौँकी सलोनी तामाङलाई ६–३ र ६–१ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । लनटेनिसको पुरुष युगलतर्फको खेलमा काठमाडौँका मानबहादुर कटवाल र जीवन घिमिरेको जोडीले काठमाडौँकै शिवमविक्रम थापा र सरोज तामाङको जोडीलाई ६–० र ६–२ ले पराजित गरे ।

ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले काठमाडौँका छेवाङ लामा र विवेक शंकर श्रेष्ठको जोडीलाई ६–१ र ६–० ले तथा पोखराका प्रदीप खड्का र अनिल शाहीको जोडीले बुटवलका विकास खड्का र गोपाल ज्ञवालीको जोडीलाई ६–२ र ६–४ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । आजै भएको ब्याडमिन्टनअन्तर्गत पुरुष एकलतर्फको विधामा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले कैलालीका देवराज रानालाई २१–१२ र २१–१२ ले पराजित गर्दै विजयी भए । त्रिभुवन आर्मी क्लबकै प्रज्वल महर्जनले एपिएफका सुदीप सेँढाईलाई २१–११ र २१–१९ ले, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१९ र २१–१९ ले तथा एपिएफका साजनकृष्ण ताम्राकारले एपिएफकै इन्द्रबहादुर महतालाई २१–१४ र २१–१० अंकले हराए । त्यसैगरी, दार्चुलाका प्र्रिन्स दाहालले नेपाल पुलिस क्लबका दीपक बोहोरालाई २१–७ र २१–१७ अंकले तथा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–१२ र २१–१६ अंकले पराजित गरेका छन् । दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत आज भएको पुरुष एकलतर्फ काठमाडौँका विवेक शंकर श्रेष्ठ विजयी भएका छन् । रासस 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज...

सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग बिबिएल खेल्न आज...

काठमाडौँद्वारा चितवन पराजित

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएलअन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै