logo

भन्सारमा अपचलन भएको राजस्व अदृश्य शक्तिबाट जम्मा भएको खुलासा

विराटनगर, फागुन २८
राष्ट्रिय वाणिज्य बैंक सुख्खा बन्दरगाह शाखाले सरकारको राजस्व खातामा अपचलन भएको विराटनगर भन्सारको राजस्व नौ करोड ६१ लाख ५५ हजार रुपैयाँ जम्मा भएको भौचरसहित लिखित जानकारी गराएको रहस्य खुल्न पुगेको छ ।
भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात–निर्यातमा विराटनगर भन्सारमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकमार्फत भन्सारमा दाखिला गरेको रकम अपचलनको घटना सार्वजनिकपछि विराटनगरका केही उद्योगीहरुको सक्रियतामा उक्त रकम बंैक दाखिला भएको खुलासा भएको छ । उद्योगीहरुबाट बंैक रकम दाखिला हुनासाथ वाणिज्य बंैकले भन्सारको राजस्व जम्मा भएको लिखित जानकारी विराटनगर भन्सारलाई दिएको सार्वजनिक भएको हो । विराटनगर भन्सार कार्यालयस्थित राष्ट्रिय वाणिज्य बैंक सुख्खा बन्दरगाहा शाखा रानीका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउत त्यही काण्डमा प्रहरी नियन्त्रणमा परेपछि विराटनगरका केही उद्योगीको होसहवास नै हराएको थियो । उक्त घटनालाई ढाकछोप गर्ने प्रयत्न गर्दागर्दै पनि सार्वजनिक भएपछि अपचलन गरेको रमक जम्मा गरी घटनालाई सामसुम पार्ने प्रयासमा यहाँका उद्योगी अनुज पोद्दार र सन्जिव शर्मा लागी परेको रहस्य पनि खुलेको थियो । यसैलाई आधार बनाएर मोरङ प्रहरीद्वार आयातकर्ता व्यापारीलाई नै चालू आवको साउनदेखि हालसम्मको कम्पनीको आयात निर्यात हिसाव विवरणसहित उपस्थित हुन पत्राचार गरेपछि भन्सार राजस्व अपचलन मुद्दाले अर्को रुप लिएपछि भन्सारमा अपचलन भएको राजस्व जम्मा भएको दावी समाचार स्रोतले गरेको हो । मोरङ प्रहरीले पनि अनुसन्धानका नाममा जयश्री पीयुटेकका अनुज पोद्दार र आरती स्ट्रिप्सका सन्जिव शर्मालाई पत्राचार गरेपछि सरकारको राजस्व जम्मा भएको कुरा भन्सार स्रोतले बताएको हो । अनुसन्धानका लागि भन्दै केही उद्योगीको नाममा रहेको फर्मको कारोबारसहितको विवरण प्रहरीले संलग्न गराउन माग गरेपछि उद्योगी पोद्दारले पैसा जम्मा गर्नका लागि व्यापक दबाब दिएको रहस्य पनि अहिले खुलेको हो । छ । प्रहरीले पनि भन्सार एजेन्ट सुरेश बोहराको सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसमार्फत भन्सार क्लियरिङको कारोबार गराउने आयात तथा निर्यातकर्ता फर्मलाई मात्र पत्रचार गरेको थियो । विराटनगर भन्सारका भएर एजेन्ट बोहोराको क्लियरिङ फर्ममार्फत काम गराउने र सबैभन्दा ठूलो परिमाणमा आयात तथा निर्यात गर्ने आरती स्ट्रिप्स र जयश्री पीयुटेक रहेको दाबी स्रोतले गरेको हो ।
सरकारको राजस्व रकम अपचलन गरी फरार भएका भन्सार एजेन्ट सुरेश बोहोरा र ललित बोहोराले आफू भाग्नुअगाडि राजस्व मिलान गर्नका लागि विराटनगरका एक वरिष्ठ उद्योगीलाई आफ्नो घर घडेरी नामसारी गरी दिएको घटना पनि अहिले आएर सार्वजनिक भएको छ । तर उनी आफू विराटनगरबाहिर बसेर एजेन्टद्वयलाई भेटी आएपछि मात्र वाणिज्य बैंकमा सरकारको राजस्व जम्मा भएको दाबी पनि स्रोतले गरेको हो । पछिल्लो समय विराटनगरमा एक्कासी उदाएका नवउद्योगी अनुज पोद्दार अहिले चर्चाको शिखरमा रहेका छन् । तर उनी आफूअगाडि देखा नपरी सबै काम मिलाउन माहिर रहेको कुरा जानकाहरुले बताएका छन् । भन्सार राजस्व अपचलनसँगै चर्चाको शिखरमा पुगेका पोद्दारले अहिले पनि तीन ठुला उद्योग सञ्चालन गरिरहेको कुरा स्रोतहरुले बताएका छन् । एकातिर राजस्व अपचलनको अभियोगमा बैंकका कर्मचारी थुनामै रहेका छन् भने अर्कोतिर अदृश्य शक्तिबाट सरकारको राजस्व जम्मा भइसकेको जानकारी बंैकले विराटनगर भन्सारलाई दिएको छ । अब भन्सार राजस्व मुद्दा अगाडि बढाउने भएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन

सत्तारुढ दल नेकपाले सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन...

एक लाख घुससहित तीन पक्राउ

एक लाख रुपैयाँ घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको छ...

विप्लवद्वारा वार्ता अस्वीकार

विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै