logo

खेलेरै लाखौं कमाउने शिवराम

काठमाडौ फागुन २७
विश्वभर धनी र संभ्रान्त वर्गको पहुँचमा रहेको खेल हो, गल्फ । यही गल्फ खेल नेपालमा एक सय बर्ष पहिलेदेखि खेलिन सुरु गरिएको थियो । सन् १९१६ देखि नेपालमा गल्फ खेलिन थालिएको हो । त्यही समयलाई आधार मानेर नेपाल गल्फ संघले यो सन् २०१६ मा गल्फ खेलको सतवार्षिक महोत्सव मनाइ सकेको छ ।
केही बर्षअघिसम्म नेपालमा पनि गल्फ खेल राजपरिवार र संभ्रान्त वर्गमा सीमित बन्दै आएको थियो । गल्फ मैदानमा पैसावाल र राजा युवराजको रजाईँ चल्थ्यो । पैसा नहुने र गरिवका लागि गल्फ आकाशको फल जस्तै थियो । विक्रम सम्बत् २०४६ सालमा प्रजातान्त्रिक ब्यवस्था सुरु भएपछि नेपाली गल्फमा सर्वसाधारणले पनि पहुँच पाउन थाले । कामको सिलसिलामा गल्फ छिरेका सर्वसाधारणले गल्फलाई आफ्नो प्रिय खेल र ब्यवसायको पाटो बनाउन सुरु गरे ।
जसको पछिल्लो उदाहरण हुन्, नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ । एयरपोर्ट छेउमा गरिव परिवारमा जन्मिएका शिवराम घर छेउको गल्फ कोर्षमा ठूलाबडाले गल्फ खेलेको देखेर त्यसको सिको गर्न थाले । सुरुमा फलामको रडलाई बङ्गयाएर गल्फ सिकेका उनै शिवराम अहिले गल्फ खेलेरै मनग्य आम्दानी गर्छन् । शिवरामको गल्फ खेलबाट मात्र वर्षमा १० देखि १२ लाख रुपैयाँ कमाई हुन्छ ।
आधिकारिक रूपमा सर्वाधिक कमाउने खेलाडीका सम्बन्धमा भन्ने हो भने त्यसमा सबैभन्दा अगाडि नाम आउँछ, गल्फका खेलाडीहरुको । त्यसमा पनि गल्फका शिवराम श्रेष्ठ अग्रस्थानमा रहेका छन् । यसको कारण हो, उनले जति कमाए, त्यो गल्फमा जितेको पुरस्कार राशि हो र यो राशि उनले आयकर तिरेपछि प्राप्त भएको रकम हो । सम्भवतः नेपालमा करको दायरामा आउने गल्फ खेलाडी मात्र छन् । सूर्य नेपाल गल्फ टुरका सर्वाधिक सफल शिवराम गएको कुनै वर्ष आठ प्रतियोगितामध्ये ६ वटामा च्याम्पियनसमेत बने । जसबाट उनले ८ लाख १३ रुपैयाँ कमाए । घरेलु गल्फमा कीर्तिमानी खेलाडी शिवरामले अहिलेसम्म ३९ वटा उपाधि जितिसकेका छन् । श्रेष्ठले यसरी कमाउन थालेको पनि ६÷७ वर्ष भैसकेको छ । सूर्य नेपाल गल्फमार्पmत् नै नेपालीको सान अभिवृद्धि गर्न सफल खेलाडीका रूपमा अन्तर्राष्ट्रिय छवि बनाएका नेपाली गल्फर शिवराम एक आसलाग्दा खेलाडी हुन् । विगत केही वर्षयता नै प्रोफेसनल गल्फरको छवि बनाएका शिवरामले सन् २०१४ मा पाँचौ स्थानमा स्ट्यन्डर्ड चार्टड ओपन गल्फमा आफूलाई उभ्याएका थिए । सन् २०१३ मा श्रेष्ठले सूर्य नेपाल मास्टर्स गल्फको उपाधि जितका थिए भने नोयडामा भएको पीजीटीआई प्लेयर च्याम्पियनसिपमा आफूलाई नवौं स्थानमा राख्न सफल रहे । श्रेष्ठले सन् २०१२ मा पनि पीजीटीआईमा संयुक्त रनरअप हुँदा सूर्य नेपाल गल्फमा भने तेस्रो स्थानमा रहन सफल भएका थिए । नेपाली गल्फमा आसलाग्दा खेलाडीका रूपमा रहेका श्रेष्ठले सन् २०११ मा भएको सूर्य नेपाल गल्फमा पनि तेस्रो स्थानमा रहन सफल भएका थिए ।
नेपाली गल्फमा पछिल्लो १० बर्ष उत्कृष्ट खेल खेलिरहेका शिवरामको दवदवा कायमै छ । उनी अझै गल्फमा धेरै गर्न बाँकी रहेको बताउँछन् ।
नेपालको गल्फ टुरमा सहभागी ब्यवसायिक खेलाडीमा सँधै उत्कृष्ट रहने शिवराम आफ्नो सफलतालाई मिहिनेतको प्रतिफल मान्छन् । ‘मैले गल्फ खेलमा सानैदेखि लगानी गरेको छु । मेरो पढाई गल्फकै कारण गुम्यो । अहिले म जहाँ छु, त्यो सब गल्फकै देन होे,’ ३५ वर्षीय शिवराम भन्छन् ।
भारतीय गल्फ टुर (पीजीटीआई) मा समेत छनोट हुन सफल शिवरामले दक्षिण एसियाली र एसियाली स्तरका धेरै स्पर्धामा नेपालको प्रतिनिधित्व गरेका छन् । अमेरिकामा गल्फ खेलको प्रशिक्षण लिने अवसर पाएका शिवरामको नेपालमा अहिले प्रतिस्पर्धी नै छैनन् भन्दा फरक पर्दैन ।
शिवरामले २०६८ सालमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारे । उनी २०६८ मा पनि सर्वाधिक धन आर्जन गर्ने नेपाली खेलाडी थिए  । उनले सन् २०११–१२ को सिजनमा पुरस्कार वापत ९ लाख ९ हजार ६ सय रुपैयाँ आर्जन गरेका थिए । यो समयमा भएका ११ मध्ये ७ प्रतियोगिताको उपाधि जितेका उनी नेपालको सर्वाधिक प्रतिष्ठित सूर्य नेपाल मास्टर्स वर्ष २०६८ मा दुइ पटक आयोजना हुँदा दुवै पटक तेश्रो भएका थिए । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको सन् २०१२ को छनोटमा बिदेशीतर्फ दोश्रो हुँदै उनी ‘फुल कार्ड’ लिन सफल भएका थिए ।
एक दशकयता भिœयाएका उपाधिले शिवरामको श्रेष्ठता मात्रै प्रमाणित गर्दैन, उनका प्रतिस्पर्धी नै छैनन् कि भन्ने पनि देखाउँछ । घरेलु गल्फमा एकछत्र राज गरिरहेका शिवराम सर्वाधिक उपाधि जित्ने खेलाडी हुन् । सूर्य नेपाल टुरको नवौं सिजन जारी रहँदा अहिलेसम्म भएका ७५ प्रतियोगितामध्ये शिवराम एक्लैले ३३ उपाधि लगेका छन् । शिवरामको यो कीर्तिमान तोड्न असम्भव त नहोला, सहज भने पक्कै छैन ।
‘एमेच्योर’ छँदै शिवरामले सन् २००५ मा सूर्य नेपाल ‘वेस्टर्न ओपन’ जितेर उपाधि हत्याउने क्रमको सुरुवात गरे । टुरबाहेक दुई उपाधिसहित उनले करियरमा ३७ उपाधि आफ्नो नाममा लेखाएका छन् । सन् २००७ मा थाइल्यान्डको सिंह गल्फ टुर खेलेपछि शिवरामले पछाडि फर्किनुपरेको छैन । एकपछि अर्को सफलताका कथा रचिएका छन र उपाधिको चाङ पनि थपिँदो छ । शिवरामले करियरकै ठूलो सफलता सन् २०१३ मा साक्षात्कार गरे । भारतीय र बंगलादेशका गल्फरलाई चक्मा दिँदै सूर्य नेपाल मास्टर्स च्याम्पियन बनेर । त्यही कारण सोही वर्ष शिवराम नेपाली खेलकुदकै प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्डमा ‘प्लेयर अफ द इयर’ को हकदार बने ।
सन् २००८ देखि २०१५ सम्म इन्डियन टुरमा खेलेका घरेलु प्रतियोगिताका बादशाह शिवराम दुई वर्षदेखि आन्तरिक प्रतियोगितामै केन्द्रित छन् । यो सिजन उनले सानदार सुरुवात गर्दै लगातार चार उपाधि जिते । लामो सट प्रहार गर्न माहिर छन् शिवराम । पछिल्ला प्रतियोगितामा भन्दा राम्रो नतिजा ल्याउनेमा आत्मविश्वासी शिवरामलाई घरेलु गल्फरबाट खासै डराउनुपर्ने स्थिति छैन । घरेलु प्रतियोगिता जितेर सिजनको सुरुवातजस्तै अन्त्य पनि सुखद बनाउने दाउमा छन् शिवराम, जुन असम्भव महत्वाकांक्षा होइन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै