logo

माछापालनबाट मनग्य आम्दानी


बागलुङ, फागुन २७
बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन्। माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गरे । विसं २०७० मा सानो पोखरीबाट शुरु गर्नुभएका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आएका छन् । “पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसले भने । पोखरीमा अहिले ग्रास कार्प र कमन कार्प गरी चार हजार भुरा रहेको उनको भनाइ छ । श्रीसले प्रतिकिलो रु ५०० मा माछा बिक्री गर्दै आउनुभएको छ । “माछाको माग अत्यधिक छ, बजारको कुनै समस्या छैन”, उनले भने, “माछापालनलाई अझै विस्तार गर्ने सोचमा छु ।” उनले थप ११ रोपनी जग्गामा माछापालनको योजना बनाएका छन् । शुरुमा रु ६५ हजारको लागतमा माछापालन शुरु गरेका श्रीसले जिल्ला कृषि विकास कार्यालयबाट रु २० हजार अनुदान पाएका छन् ।
आफ्नै ठाउँमा बसेर कृषि उद्यम गर्न पाउँदा सन्तुष्टि मिलेको उनी बताउछन् । केही वर्षअघि पोखरामा भएको कृषि तालीमपछि माछापालनतर्फ आकर्षित भएको श्रीसले सुनाए । माछापालनसँगै उनले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएकाछन् । उद्यमीको परिचय बनाएका श्रीसलाई उनकी श्रीमती टीकाकुमारीले सघाउँदै आएकी छन् । “हामीले मिलेरै काम गर्छौं, छोराछोरी पढाइमा बाहिर छन्”, टीकाकुमारीले भनीन्, “कृषि पेशामै रमाएर बसेका छौँ, सन्तुष्ट पनि छौँ ।” श्रीस दम्पतीको मेहनत देखेर गाउँका अन्यले पनि प्रशंसा गर्ने गरेका छन् । कास्की बेगनासबाट प्रतिभुरा रु ५० पैसामा ल्याउने गरेको श्रीसले बताए । भुरा ल्याएर पोखरीमा छोडेको पाँच-छ महिनापछि माछा बेच्न योग्य हुने उनको भनाइ छ । एक्लै ल्याउँदा ढुवानी महँगो परेपछि गाउँका माछापालक किसान मिलेर सँगै भुरा ल्याउने गरेका छन् । कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको हो । माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो बरेङ गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल बागलुङमा करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । कार्यालयले व्यावसायिक माछापालन गर्ने किसानलाई वर्षेनी अनुदान उपलब्ध गराउँदै आएको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ज्ञानलक्ष्मी साकोसको ११औं साधारणसभा

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन, नारायणचोकमा रहेको ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ११औँ...

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय...

ऐंसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती

जिल्लाको उत्तरी क्षेत्रको ऐेँसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती विस्तारको काम थालिएको छ । किसानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै