logo

वित्तीय व्यवस्थापनमा सामाजिक जवाफदेहिता

गोपीनाथ मैनाली
सार्वजनिक क्रियाकलापमा आम नागरिकको सरोकार रहन्छ । मुलुकले अवलम्बन गरेको शासन प्रणाली जति लोकतान्त्रिक भयो, त्यति नै सरोकारका विषयमा नागरिक पहुँच बढ्ने गर्दछ । जनताको धेरै चासो रहने विषयमध्ये एक हो सार्वजनिक वित्तीय क्रियाकलाप । सार्वजनिक वित्तीय प्रणालीमा सरकारका सबै आम्दानी (कर, गैरकर राजस्व सहायता, आन्तरिक तथा बाह्य ऋण) र सबै प्रकारका खर्च (विनियोजन, अनुदान आदि) र यसलाई व्यवस्थित गर्ने क्रियाकलापहरु समेटिन्छन् । वास्तवमा लोकतन्त्रको अभ्यास नै सार्वजनिक साधनलाई जवाफदेही बनाउन भएको हो । सार्वजनिक वित्त निकै संवेदनशील विषय हो । त्यसैले वित्तीय व्यवस्थापनका सवै पक्ष (क) राजस्व परिचालन, (ख) खर्च व्यवस्थापन, (ग) वित्तीय नतिजा र (घ) यी विषयको चाँजोपाँजोका कार्यहरु जनताको सम्मतिका आधारमा गरिन्छन् । यी सबै विषयमा जनताको भावना मुखरित हुनुपर्दछ र जनताबाटै प्रशिक्षित पनि हुनुपर्दछ ।
सार्वजनिक वित्तीय उत्तरदायित्व ‘कसैलाई पनि त्यत्तिकै विश्वास गर्न सकिदैन’ भन्ने मान्यतामा आधारित छ जुन लामो समयसम्म युरोपमा जनता र राजाबीच भएको वैचारिक द्वन्द्वको उपज हो अहिले सबै लोकतान्त्रिक राज्यव्यवस्थामा यसलाई अवलम्बन गरिदै आएको छ । वित्तीय व्यवस्थापनलाई संवैधानिक र कानुनीरुपमा मात्र उत्तरदायी बनाएर पुग्दैन, सामाजिक संयन्त्रबाट पनि यसको मापन, विवेचना मूल्याङ्कन हुनुपर्दछ भन्ने मान्यता आधुनिक लोकतन्त्रमा प्रचलित छ । विकसित र उदीयमान दवै प्रकारका लोकतन्त्रमा सार्वजनिक वित्तलाई सामाजिक रुपमा जवाफदेही बनाउन विभिन्न उपाय तथा संयन्त्र अपनाइदै आएको पाइन्छ । ती संयन्त्रको स्तर र घनत्व भने फरक नै पाइन्छ । 
नागरिक बजेट वित्तीय सामाजिक जवाफदेहिताको महत्वपूर्ण संयन्त्र हो । यो बजेट पूर्व, बजेट अवधि र बजेटपश्चात्का कार्यहरुलाई नागरिक जानकारीमा ल्याउने विधि । धेरैजसो मुलुकहरुमा बजेट सीमा तथा मार्ग दर्शन गोपनीय विषयवस्तु हुन् । बजेट तर्जुमा प्रक्रियमा नागरिक सहभागिता अझै परको विषय हो । केवल औपचारिक जानकारीका रुपमा बजेट भाषण पछि बजेटलाइृ सार्वजनिक जानकारीमा ल्याइन्छ । यो नागरिक बजेटका अर्थमा प्रकाशन मात्र हो । सर्वसाधारणहरु आफ्नो तिरोमार्फत आफूहरुका लागि बन्ने बजेट कार्यक्रका सबैभन्दा नजिकका पात्र हुन्, हिस्सेदार हुन् । त्यसैले बजेटपूर्व, बजेट तर्जुमा र कार्यान्वयन एवं मूल्यांकनका सबै चरणमा उसले जानकारी स्वतः पाउनुपर्दछ । त्यति मात्र होइन, ऊ आफै सबै प्रक्रियाको महत्वपूर्ण पात्र पनि हो । अन्तर्राष्टिय बजेट समझदारी (आइवीपी) जस्ता संस्थाहरुले नागरिक बजेट प्रवद्र्धन गर्न मुलुकहरुलाई सहयोग गर्दै आएका छन् । नेपालमा पनि आइवीपीको सहयोगमा फ्रिडम फोरम नेपालले यस सम्बन्धी अध्ययन, शिक्षा र चेतन विकास गरिरहेको छ । नेपाल नागरिक बजेटका सूचकहरुमा मध्यभागतिर मात्र पर्दछ । यसको अर्थ बजेटको सामाजिक जवाफदेहिता कम छ भन्ने हुन्छ । तर क्रमशः नागरिक बजेट सूचक बढ्ने क्रममा छ ।
त्यस्तै नागरिक बडापत्रमार्फत सार्वजनिक सरोकारका विषयमा सेवाप्रदाताले सेवाग्राहीलाई सेवा दिनुपूर्व सेवाका विषयमा पूर्ण जानकारी दिई सेवाग्राहीको अधिकार र सेवादायीको जिम्मेवारी निर्धारण गरिन्छ । यसले सर्वसाधारणको साधनको दक्षतापूर्वक उपयोग गर्न र प्रभावकारिता सुधार गर्न सघाउँदै आएको छ । नेपालमा पनि २०५६ देखि कुनै न कुनै रुपमा नागरिक बडापत्र जारी गरिदै आएको छ । यसले सेवाग्राहीको चेतना विस्तारमा पनि सघाएको छ भने सेवाको गुणस्तर पनि बढाएको छ ।
सूचनाको हक अन्तर्गत स्वतः प्रकाशन र खुला सरकारी जानकारी (ओपन गभर्नमेन्ट डाटा) ले सार्वजनिक वित्तीय क्रियाकलापको सामाजिक जवाफदेहिता बढाउदै लगेको छ । स्वतः प्रकाशनको अवधारणामा सूचना हकअनुरुप महत्वपूर्ण सूचनाहरु आवधिक रुपमा सर्वसाधारणलाई नमागीकनै विना लागत सार्वजनिक जानकारमिा ल्याउने गरिन्छ । सार्वजनिक निकाय त्यसो गर्न बाध्य छ । राष्टिय सूचना आयोगले सार्वजनिक निकायहरुलाई स्वतः प्रकाशन गर्नुपर्ने सूचनाका विषयमा जानकारी, शिक्षा र तालीम दिई पारदर्शी सरकारको अवधारणा अभ्यासको पूर्वाधार खडा गरिरहेको छ । तर अझै सूचना संस्कृति विकास गर्न सकिएको छेन ।
बजेट तथा वित्तीय शिक्षामार्फत सर्वसाधारणलाई बजेट तथा वित्तीय कारोबारका विभिन्न पक्षमा जानकारी दिने विधि अपनाउन थालिएका छ । यो नागरिक शिक्षाको अभिन्न भाग पनि हो । अल्पविकसित मुलुकहरुमा जहा लोकतन्त्र पनि संस्थागत भैसकेको छैन, वित्तीय जानकारी लुकाउने गरिन्छ । त्यसैले वित्तीय सामाजिक जवाफदेहिता ओझेलमा पर्ने गरेको छ । त्यस्तै तेस्रो पक्ष अनुगमनमार्फत वित्तीय क्रियाकलाप र आयोजनाका विषयमा लाभग्राही नागरिकबाट नै अनुगमन गर्ने प्रचलन बढ्दै छ । विशेषतः स्थानीय तहमा सञ्चालित आयोजनाहरुमा तेस्रो पक्ष अनुगमन प्रभावकारी मानिदै आएको छ । नेपालमा पनि छानिएको आयोजनामा तेस्रो पक्ष अनुगमन उपयोगमा ल्याइएको छ ।
सामाजिक जवाफदेहिताको अर्को संयन्त्र नागरिक प्यानल हो । युरोप–अमेरिकामा सिटिजन प्यानलका नामबाट प्रचलित यस संयन्त्रबाट महत्वपूर्ण वित्तीय निर्णय र सूचना सहकार्य गने गरिन्छ । नेपालमा स्थानीय निकायमा लामो समय जनप्रतिनिधिको रिक्तता आएपछि केह िवर्षअघि वडा नागरिक मञ्चका नाममा सिटिना फोरालाई उपयोगमा ल्याइएको थियो ।
खर्च व्यवस्थापनका सबै पक्षहरु जस्तो कि विनियोनका आधार, प्राथमिकता, कोष प्रवाह र उपलव्धिका विषयमा अनुगमन गरी सर्वसाधारणलाई जानकारीमा ल्याउन सार्वजनिक खर्च अनुगमन, निश्चित अवधिमा सार्वजनिक निकायले गरेको÷गर्ने कामका विषयमा नागरिकसँग सवाल–जवाफ गर्ने संयन्त्रका रुपमा नागरिक सुनुवाई,सार्वजनिक तौरबाट सञ्चालित कार्यक्रम, त्यसको लाभलागतको समग्र पक्षका विषयमा सरोकारवाला (उपभोक्ता) का प्रतिनिधिबाट गरिने परीक्षण गर्ने विधि सामाजिक परीक्षणलाई पनि वित्तीय सामाजिक जवाफदेहिताका संयन्त्रहरु लेकप्रिय बन्दै आएका छन् । नेपालमा पनि यस विधिले सीमित प्रवेश पाएको छ ।
विकसित मुलुकहरुले सिटिजन रिपोर्ट कार्ड÷स्कोर कार्ड जस्ता प्रत्यक्ष सेवाग्राही विवेचना विधि अपनाउँदै आएका छन् । यसले सार्वजनिक क्रियाकलापमा नागरिकका तर्फबाट औपचारिक रुपमा पृष्ठपोषण बढाएको छ । कतिपय निकायहरुमा सदाचार पद्धति (इन्टिग्रीटी प्याक्ट) पनि अपनाउन थालिएको छ, जसले सार्वजनिक निकायले स्रोत, साधन र शक्ति अभ्यासमा सदाचार गर्छु भनी नागरिकसंग गर्ने प्रतिबद्धता गर्छ, ऊ सितिमिति अनुशासनहीन र अनियमित हुनसक्दैन । नेपालमा पनि टान्सपरेन्सी इन्टरनेशनलको सहयोगमा केही स्थानीय तहमा साचार पद्धतिको घोषणा गरिएको थियो । रवीन्द्र मिश्रलगायतका व्यक्तिहरुले यसका लागि वातावरण बनाउन नागरिक अभियान नै चालेका थिए ।
सार्वजनिक निकायबाट गरिएको सेवा प्रवाहबाट जनतामा परेको प्रभावका सम्बन्धमा सार्वजनि निकायबाटै नागरिक सर्वेक्षण गर्ने, सेवा प्रवाहका सन्दर्भमा मिस्टेरी सपर, ओपन डे, सर्विस इन्टिेलिजेन्स, होर्डिङ बोर्ड, अम्वुड्स्म्यान जस्ता संयन्त्रबाट पनि वित्तीय क्रियाकलापको सामाजिक जवाफदेहिता मापन, मूल्याङ्कन र विवेचना गर्ने गरिन्छ । त्यस्तै नागरिक अदालत (सिटिजन जुरी (सार्वजनि सरोकारका विषयमा नागरिक तहबाट गरिने न्यायसम्पादन, पैरवीको विधि), गुनासो सुनुवाई (सम्पादित कामका विषयमा सेवाग्राहीको पृष्ठपोषण, शिकायत र गुनासो सम्वोधन गर्ने विधि), र आवधिक प्रतिवेदन प्रकाशन (सार्वजनिक निकायले निश्चित अवधिको अन्तरालमा आफूबाट सम्पादित कामको विवरण सार्वजनिक गर्ने विधिले पनि सामाजिक जवाफदेहिता बढाउे गर्दछ ।
उल्लिखित संयन्त्रबाहेक नेपालमा वित्तीय व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी पार्न संवेधानिक संयन्त्रका आलावा सेवा वडापत्र, जार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, नीति संवाद, गुनासो व्यवस्थापन, स्वतः प्रकाशन, वित्तीय निकास र खर्चलाई सार्वजनक गर्ने परिपाटी सीमितरुपमा अवलम्बन गरिएको छ । तर यी संयन्त्र सबै क्षेत्रमा समानरुपमा प्रभावकारी भने छैनन् । त्यस्तै स्थिति साझा सवाल,वडाम नागरिक मञ्च, सामाजिक परीक्षण, सेवाग्राही–सेवादायी अन्तक्र्रिया पनि धेरै प्रभावकारी बन्न सकेको छैन । अर्को महत्वपूर्ण प्रयास सुशासन ऐन अनुसार निकायगत रुपमा वार्षिक प्रतिवेदन पनि धेरै हदमा औपचारिक छ । तर उपभोक्ता समति र सहउत्पादनका प्रक्रिया, तेस्रोपक्ष÷सहभागितात्मक अनुगमन, सामुदायिक व्यवस्थापन समितिले भने केही आशाको सञ्चार गरेको छ । समग्रमा भन्नुपर्दा वित्तीय व्यवस्थापनमा सामाजिक जवाफदेहिताको चेतना चरण पार गरी अभ्यासको वातावरणम पुगेको छ । यसलाई पूर्ण उपयोग गर्ने हदको चेतना र संस्कृति विकास भइसकेको छैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

बीमाका फाइदा र बढ्दो आकर्षण

मान्छेले जीवन सुरक्षित रहोस् वा कुनै दुर्घटना र भवितव्य परे केही राहत पाइयोस् भनेर जीवनबीमा गर्ने गरेका छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै