logo

विद्युतीय वित्तिय प्रणालीले बैंकिङ सेवाको पहुँच नपुगेको क्षेत्रलाई लाभ पु¥याउने

काठमाडौं, फागुन २७
विद्युतीय वित्तिय प्रणालीले बैंकिङ सेवाको पहुँच नपुगेको ठूलो जनसंख्यालाई लाभ पु¥याउने उल्लेख गर्दै सरोकारवालाहरुले यो माध्यमबाट बचत खाता, कर्जा प्रवाह र बीमा सेवा प्रवाह गर्न सकिने बताएका छन् । विद्युतीय वित्तीय सेवा प्रवाहको पर्यावरणभित्र रहने प्रत्येक पक्षको प्रभावकारी भूमिकाले मात्र मजबुत वित्तीय प्रणाली निर्माण गर्न सकिने उनीहरुको भनाइ रहेको छ ।
नेपाल आर्थिक पत्रकार समाजले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र नेपाल राष्ट्र बैंक सँगको सहकार्यमा ‘विद्युतीय वित्तीय प्रणालीमा केन्द्रीय बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा सञ्चालक सेवा प्रदायकको भूमिका’ विषयमा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । ‘विद्युतीय वित्तीय प्रणालीलाई मजबुत बनाउन यसको पारिस्थिति पद्धतिभित्र बस्ने सबैले उत्तिकै भूमिका निर्वाह गर्नुपर्छ,’ यूएसीडीएफका मोबाइल मनी फर पोर कार्यक्रममा विज्ञ अहमद दर्मिसले भने, ‘विद्युतीय भुक्तानी प्रभावकारी भए यसले विद्युतीय वित्तिय सेवालाई मजबुत बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्छ ।’
मानिसहरुलाई यो सेवामा अभ्यस्त बनाउन सरल, प्रभावकारी, विश्वनीय सुविधा प्रदान गर्नुपर्ने र यसका नियामकले केही लचकता अपनाउनुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरुको नियमक नेपाल राष्ट्र बैंकले पनि यो सेवा विस्तारलाई अनुकुल हुने वातावरण निर्माण गरी विद्युत्तीय वित्तीय सेवको प्रयोगलाई विस्तार गर्दै लैजाने बताएको छ । केन्द्रीय बैंकका सहायक निर्देशक पदमराज रेग्मीले केन्द्रीय बैंकले विद्युतीय वित्तीय प्रणालीको विस्तारका लागि वित्तीय संस्था तथा भुक्तानी सेवा सञ्चालकसेवा प्रदायकहरुलाई नियमन गर्ने छुट्टै विभाग — भुक्तानी प्रणाली विभाग स्थापना गरेको भन्दै भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरुको इजाजतपत्र सम्बन्धी नीति तथा नियमनको व्यवस्था भइसकेको जानकारी दिए । ‘केन्द्रीय बैंकले अब खुद्रा भुक्तानीका कारोबार सीमा, निरीक्षण नियमावली तथा राष्ट्रिय भुक्तानी गेटवेका सम्बन्धमा काम गरिरहेको छ ।’
रेग्मीका अनुसार, राष्ट्र बैंकले दुई ओटा भुक्तानी सेवा प्रदायक, तीन भुक्तानी सेवा सञ्चालक र १३ मोबाइल वालेट सञ्चालकहरुले सेवा प्रदान गर्दै आएका छन् । त्यस्तै १०३ फर्महरुले मोबाइल वालेट सञ्चालनका लागि आवेदन दिएका छन् । दूरसञ्चारको विकाससँगै बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा विद्युतीय वित्तीय सेवा तीव्र रुपमा विस्तार हुने अपेक्षा यस क्षेत्रमा संलग्नहरु बताउँछन् । ‘अहिलेसम्म बैंकिङ सेवाको पहुँच ६० प्रतिशत जनतामा पुगेको छ, जबकि १३५ प्रतिशतमा मोबाइल फोन सेवाको पहुँच छ,’ आइएमइ डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ बताउँछन् । ‘केन्द्रीय बैंकले अनुकुल नीति बनाएको खण्डमा विद्युतीय वित्तीय सेवाले बैंकिङ पहुँच बाहिर रहेकाहरुलाई समेट्न सफल हुनेछ ।’
नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक अनूकुल भट्नागरले बैंक तथा वित्तिय संस्थाहरुले पनि नयाँ प्रविधिको माध्यमबाट बैंकिङ सेवाको पहुँच नपुगेका जनतामा विद्युतीय वित्तीय सेवा पुर्याउन लागिरहेको बताए । ‘बैंकहरुले आफ्नो हीत र ग्राहकको फाइदाका लागि प्रविधिमा लगानी गरिरहेका छन् । विद्युतीय वित्तीय सेवा सरल, सुलभ र विश्वसनीय बनाउन वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका छ ।’

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...

एकै दिनमा फेसबुकलाई ३७ अर्ब डलरको नोक्सानी

फेसबुक कम्पनीको सेयर बजारमा व्यापक गिरावट आएको छ । सोमबारको बजारमा कम्पनीको सेयर बजारमा ३७ अर्ब अमेरिकी...

गुगल र एप्पलविरुद्ध कानुनी कारबाही गर्ने फ्रान्सको तयारी

फ्रान्सले गुगल र एप्पल कम्पनीको विरुद्धमा व्यावसायिक दुरुपयोगको आरोपमा मुद्दा लगाउने भएको छ । फ्रान्सका...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै